चण्डीगढमा एमसिसि विरुद्ध सभा सम्पन्न

खिमराज चालिसे

चंडिगढ, ७ सेप्टेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्ने सरकारको प्रयास विरुद्ध राष्ट्रिय जनमोर्चाले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमप्रति एक्यवद्धता जनाउँदै मूल प्रवाहले पनि भारतव्यापी विरोध प्रदर्शनको सन्दर्भमा आज सुदुरपश्चिमोत्तर क्षेत्रका विभिन्न नगरहरुमा विरोध सभा भव्य तथा सानदार रुपमा सम्पन्न भएका छन् ।

यसै बीच मूल प्रवाह चंडिगढ नगर समितिको आयोजनामा सम्पन्न एमसिसि खारेजीको मागप्रति ऐक्यवद्धता प्रकट गर्दै सम्पन्न कार्यक्रममा राष्ट्रियता बचाउन प्रवासी नेपालीहरु एकढिक्का हुनुपर्ने धारणा वक्ताहरुले दिनुभएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार तिलक पौडेल, नेपाली समाचारका संयोजक खिमराज चालिसे, सुदुरपश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सचिव जुना चालिसे, समता विभाग केन्द्रीय सदस्य बिनु नेपाली, जनजाति विभागका थमन थापा, राजमो राप्ती गाउँपालिकाका शमशेर केसी, साँस्कृतिक विभागका दुर्गा विक, महिला विभागकि लक्ष्मी अधिकारी, विध्यार्थी नगर अध्यक्ष नारायण आचार्य लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षता तथा नगर सचिव तेज बहादुर रोकाको सञ्चालनमा एंव अर्जुन विकको स्वागत भाषणमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार