चण्डीगढमा टोल समिति गठन

चंडीगढ़ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिद्वारा संचालित मोहाली एरिया समिति अंतर्गत सेक्टर ७० मोहालीमा संजय बहादुरको पहल तथा केन्द्रीय सदस्य दिनेश खड़का र नगर सदस्य अर्जुन विकको विशेष उपस्थितिमा आयोजित भेलाले नारायण संजय बहादुरको अध्यक्षतामा ९ सदस्सिय टोल समिति गठन गरेको छ । जसमाः सचिव– राहुल कुमार, कोषाध्यक्ष – शुभाष कुमार र सदस्यहरुमा क्रमशः कमल विक, प्रेम विक, भरत विक, भुवन सुनार, अर्जुन परियार र जोगिंदर शाही रहनुभएको छ ।

 

कार्यक्रम विद्यार्थी नगर अध्यक्ष नारायण आचार्यको सञ्चालन तथा संतोष खनालको अध्यक्षताबाट अगाडि बढेको थियो । अतिथिहरुको आशन ग्रहणपछी शुरेस श्रीपालीले स्वागत मन्तव्य दिनुभएको थियो । भेलामा मूल प्रवाहको ऐतिहासिक महत्व तथा प्रवासी नेपालीहरुको समसामयिक समस्या वारे केन्द्रीय सदस्य दिनेश खड़काले स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार