चरित्र हत्या र गालीगलौज पत्रकारीता हुँदैन

  •   
  •  
  •  
  •  
  •  
  •  

492 जनाले पढ्नु भयो ।

  • विन बहादुर रेग्मी

हामीले दिनहुँ जसो अनलाईन मिडिया सामाजिक सञ्जाल र कतिपय राष्ट्रिय पत्रिका च्यानलहरुमा समेत खबर, लेख प्रकाशित भएको पाउँछौं । जसलाई हामीले पतिपत्रकारिता भन्छौ । ति खबर लेखहरुमा विना सत्य तथ्य जाँच नगरी व्यक्तिगत चरित्रहत्या गालिगलौज र तथ्यको तोडमरोड गरेर पाठकमा सनसनि र उत्तेजित पार्ने प्रयास् भइरहेको हुन्छ । त्यो र त्यस्तो तल्लो स्तरको घटिया हरकत किन हुन्छ ? यो सबैलाई थाहा भएकै कुरा हो कि व्यक्तिगत रिस आक्रोश व्यक्त गर्न वा आफु माथि भएको कारवाही सहन नसकेर वा आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न कथित क्रान्तिकारीताको आवरणमा पूर्वाग्रही भएर योजनावद्ध ढंगले काम गरेका हुन्छन् । कतिपयले पैसा प्रलोभनमा परेर पितपत्रकारिता गर्ने गर्छन् । उनीहरु केहि दिन केही समयको लागि पाठकको आँखामा छारो हाल्न सफल पनि हुन्छन् । समयको प्रवाहसँगै सत्यतथ्य दुधको दुध, पानीको पानी हुन्छ, त्यतिबेला तिनिहरु जनताको सामु आफ्ना पाठक शुभचिन्तकको अगाडि नाँगेझार हुन्छन् ।

आजको सन्दर्भमा कतिपय अनलाईन तथा प्रिंट पत्रिकाहरुले कथित क्रान्तिकारी आवरणमा लुकेका कलमजिवीहरुले सबैभन्दा बढी पितपत्रकारिता गर्ने गरेका छन् । जागरणको आवरणमा मूल प्रवाहको जरो काटने कतिपय अराजक तत्वहरु सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् । नेकपा (मसाल) को ऐतिहासिक आठौं महाधिवेशनको र महाधिवेशनद्वारा निर्वाचित केन्द्रिय नेतृत्वको चर्को विरोध गर्दै आएका छन् । बिरोध चर्को र योजनाबद्ध रुपमा भए पनि सैली भने नयाँ छैन, माध्याम मात्रै नयाँ हो । मोहनबिक्रम सिंहको बिरोध उनको चरित्र हत्या, गालीगलौज मै सिमित छन् । यस्ता प्रकारका प्रवृत्ति हिजो झेलिसकेका र जिति पनि सकेका छौं । माक्र्सवाद–लेनिनवाद–माओत्सेतुँग विचारधाराको पथ प्रदर्शक सिद्धान्त मान्ने क्रान्तिकारी पाठक वर्गलाई असर पर्दैन । भ्रमलाई चिर्न हिजोको दिनमा झैं यसपाली पनि सचेत छन् भन्ने कुरामा हामी ढुक्क छौं । धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *