चिसोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार

चिसो बढ्दै जाँदा केही स्वास्थ्य समस्या पनि देखापर्छ । खासगरी बुढापाका, दमका रोगी, युरिक एसिडका समस्या झेलिरहेकाहरुलाई चिसो मौसम अरु कष्टकर हुन्छ । त्यसो त रुघा खोकी, जोर्नीको दुखाईदेखि डिप्रेसनसम्मको समस्या चिसो मौसममा देखापर्छ ।

चिसो मौसमसँग जुध्नका लागि शरीरको तापमान सन्तुलित राख्नु नै हो । यसका लागि आगोको न्यानो होस् वा बाक्लो कपडा, उचित तौरतरिका अपनाउन जरुरी छ । त्यसैगरी जाडो याममा धेरैलाई भिटामिन डिको कमी हुन्छ । त्यसैले विहान र साँझको घाम ताप्नका लागि चिकित्सकहरुले सुझव दिने गरेका छन् । विभिन्न अध्ययनले के पनि देखाएको छ भने चिसो मौसमसँगै कतिपयलाई डिप्रेसन पनि हुने गर्छ । यसलाई विन्टर डिप्रेसन भन्ने गरिन्छ । यावत् समस्याबाट बच्नका लागि उपयुक्त खानपान, पहिरन र माहौल जरुरी हुन्छ ।

चिसोमा पर्याप्त तातो पानी वा सुप पिउने, पोषिलो खानेकुरा खाने, भिटामिन सियुक्त फलहरु सेवन गर्ने ।

त्यस्तै, केही घरेलु उपायहरु छन्, जसले चिसोको स्याहरुबाट सजिलै जोगिन सकिन्छ । यहाँ चिसो मौसममा लाग्न सक्ने १० रोग र तिनीहरुको सहज उपचारबारे उल्लेख गरिएको छ ।

चिसोमा कब्जियत भए के गर्ने ?

चिसो मौसममा कब्जियतको समस्या हुन्छ । खासगरी पाचनसम्वन्धी कारणहरुले गर्दा यो समस्या झनै बढेर जान्छ । यसबाट बच्नका लागि पानी अत्यधिक पिउनुपर्छ । भोजनपछि जीराको धुलो खानाले पनि पाचन क्रिया ठिक रहन्छ ।

चिसोले टाउको दुखे के गर्ने ?

मानिसहरुलाई चिसो हावाका कारण टाउको दुख्ने समस्या हुन्छ । यो सजिलैसँग कम हुँदैन । यसो भएमा दुधमा जाइफल मिसाएर टाउकोमा यसको लेप लगाउनुस । यसबाट तुरुन्तै टाउकोको दुखाई भाग्छ ।

चिसोले छाला तथा ओंठ फुटे के गर्ने ?

जाडोमा छालाको साथसाथै ओठ फुट्नु सामान्य कुरा हो । फुटेको ओंठमा कोकमको तेल लगाउँदा फाइदा हुन्छ । यसल ओठको त्वचा नरम र मुलायम पनि हुन्छ ।

चिसोले कुर्कुचा फुटे के गर्ने ?

चिसो मौसममा कुरकुच्चा फुट्ने समस्या पनि अत्यधिक हुन्छ । यस्तो भएमा प्याजको पेस्ट वा ग्रीस लगाउँदा आराम हुन्छ ।

चिसोले छातीमा कफ जमे के गर्ने ?

जाडोमा प्राय छातिमा कफ जम्मा हुन्छ र यसले निकै दुख दिन्छ । यसको समाधानका बेसार–पानी पिउनुस । यसबाट कफ बाहिर निस्किन्छ र खोकीमा राहत मिल्छ ।

चिसोले रुघा ज्वरो आए के गर्ने ?

धेरै रुघा लाग्यो भने ज्वरो पनि आउन सक्छ । यसबाट बच्नका लागि दैनिक तीन पटक आलसको चुर्ण प्रयोग गर्दा फाइदा मिल्छ । रुघा, खोकी, ज्वरो एकसाथ हुँदा पुदिनाको पत्ताको चिया बनाएर नून वा सख्खर मिलाएर पिउँदा फाइदा गर्छ ।

चिसोमा जोर्नी दुखे के गर्ने ?

चिसो मौसममा अक्सर जोर्नीको दुखाईले सताउँछ । यसबाट छुटकारा पाउनका लागि धतुरोको पत्तामा तेल लगाएर तातो बनाउनुस र दुखेको स्थानमा बाँध्नुस । यसबाट दुखाईमा राहत मिल्छ ।

तोरीको तेलमा ३–४ लसुनको कल्ली हालेर पकाउनुस र चिसो भएपछि यसले मालिस गर्नुस । यस्तो तेलको मालिसले चिसोमा जिउ दुखेको सन्चो हुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार