चीनलाई एक्ल्याउनको लागि अमेरिकाले इन्डो–प्यासिफिक रणनीति ल्याएको रुसले बताएको छ

नई दिल्ली । बुधबार भारतको राजधानी दिल्लीमा आयोजित विश्व सम्मेलनमा बोल्दै रुसका परराष्ट्रमन्त्री सर्गी लाभरोभले इन्डो–प्यासिफिक रणनीतिको आलोचना गरे ।

लाभरोभका अनुसार एसिया–प्यासिफिक सहयोग हालसम्म दक्षिणपूर्वी एसियामा केन्द्रीत थियो तर अमेरिका, जापानले इन्डो–प्यासिफिकको अवधारणा धकेलेर एसिया–प्यासिफिक सहयोगको संरचनालाई भत्काउने खोजेको आरोप लगाए ।

उनले भने, ‘एसिया–प्यासिफिकलाई किन इन्डो–प्यासिफिक भन्ने? यसको उत्तर जगजाहेर छ कि यो रणनीति चीनलाई घेर्न र एक्ल्याउन ल्याइएको हो ।’ लाभरोभका अनुसार शब्दावली विभेदकारी नभएर एकतावद्ध गर्ने हुनुपर्छ ।

इन्डो–प्यासिफिकले सार्वभौमिकता, पारदर्शीता, सुशासन र नियममा आधारित व्यवस्थालाई समर्थन गर्ने बताए पनि यस रणनीतिमार्फत अमेरिका आफ्नो विचार प्रचार गर्न चाहने लाभरोभको आरोप छ ।

लाभरोभले भने, ‘अमेरिका भन्छ कि इन्डो–प्यासिफिकले सार्वभौमिकता, पारदर्शिता, सुशासन र नियममा आधारित व्यवस्थालाई समर्थन गर्दछ । तर अमेरिका यस रणनीति प्रयोग गरेर चीनको पछाडिको क्षेत्र र पूर्वी एशियाको अर्थव्यवस्था भन्दा पर हिन्द महासागरसम्म पुगेर आफ्नो विचार फैलाउन चाहन्छ ।’
वासिङ्टन पोस्ट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार