चीनले बच्चा जन्माउने सीमा २०२५ सम्म अन्त्य गर्ने

  •   
  •  
  •  
  •  
  •  
  •  

141 जनाले पढ्नु भयो ।

बेइजिङ । चीनले जनसङ्ख्या वृद्धि सुस्त भएको पाएपछि २०२५ सम्ममा बच्चाको जन्ममा लगाइएको सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको छ । द वालस्ट्रिट जर्नलका अनुसार सरकारले चीनको चालु पञ्चवर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने प्रतिबन्धलाई पूर्णतया हटाउन सक्छ ।

चीनको राष्ट्रिय तथ्याङ्क विभागले मेमा सार्वजनिक तथ्याङ्कमा देशको जन्म दर २०१६ देखि २०२० सम्म लगातार चार वर्षसम्म घटेको देखिएको थियो । १९५० पछि विश्वव्यापी रूपमा नै सिनच्याङ प्रान्तमा सबैभन्दा बढी जन्मदर घटेको देखाइएको छ ।

चिनियाँ स्रोतलाई उद्धृत गर्दै द वालस्ट्रिट जर्नलमा भनिएको छ– “चीनले जन्मदर कम भएका क्षेत्रमा छिट्टै प्रतिबन्धलाई सहज बनाउन थाल्ने छ र क्रमशः अन्य प्रान्तमा पनि यो योजना अघि बढाउने छ ।”

चीनले जनसङ्ख्या नियन्त्रणका लागि महिलालाई बन्ध्याकरणका लागि प्रोत्साहन गरेपछि पाको उमेरको जनसङ्ख्या अधिक भएको छ । जनसङ्ख्या नियन्त्रणको लागि तय गरिएको नियम तोड्नेलाई जेल सजाय दिने नीतिका कारण जन्मदरमा निकै कमी आएको जर्नलमा उल्लेख छ ।

गत वर्ष परिवर्तनको बाबजुद, चीनले खाद्यसङ्कटको चरम विन्दुको तुलनामा देशको हालको आर्थिक वृद्धिपछि पनि प्रतिवर्षको नवजात शिशुको जन्मदरमा कमी देखिएपछि नयाँ नीति ल्याई जन्मदरलाई बढाउन लागेको बताइएको छ ।

यसअघि सिएनएनमा प्रकाशित एक लेखमा केही विज्ञलाई उद्धृत गरी बेइजिङले बच्चा जन्माउने नियमलाई किन पूरै नहटाएको हो भन्ने सन्दर्भमा यसको कारण सिन्च्याङ हुन सक्ने बताइएको छ ।

बेन वेस्टकोटले सिएनएनमा लेख्नुभएको छ– “चीनले विशेष गरी सिनच्याङस्थित जातीय अल्पसङ्ख्यक समुदायप्रति बेइजिङको मनोविज्ञानका कारण उनीहरूको अभिभावकत्व सीमित राखेको छ ।”

यसबाहेक चिनियाँ सरकारले परिवारमा तीन बच्चाको सीमा राख्नुको कारण सिन्च्याङको जन्मदरमा नियन्त्रण कायम राख्नु भएको कतिपय चिनियाँ प्रशासनका आलोचकले भने पनि खासमा १९५० को दशकमा देखिएको उच्च जनसङ््ख्या वृद्धिका कारण आएको खाद्यसङ्कट र अनियन्त्रित जनसङ्ख्या वृद्धि रोक्नु नै ४० वर्षपहिले अख्तियार गरेको एक बच्चा नीति चीनका लागि वरदान बनेको थियो । तर पछिल्लो दशकमा अन्य विकसित मुलुकमा जस्तै चिनियाँले पनि बच्चा जन्माउन नचाहनु बुढ्यौली जनसङ्ख्या वृद्धिको प्रमुख कारण हो ।

कुनै समय अत्यधिक जनसङ्ख्याका कारण असहज बनेको चिनियाँ खाद्य सङ्कट र कमजोर अर्थतन्त्र एक बच्चा नीतिका कारण सफल भएको बताउने गरिन्छ ।

चीनले २०१६ देखि एक दम्पत्ति एक बच्चा नीतिलाई खुकुलो पार्दै दुई बच्चा जन्माउन पाउने नीति अघि ल्याएको थियो । यसमा पनि थप संशोधन गर्दै यसै वर्षदेखि एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने प्राबधान ल्याइएको छ । (रासस/एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *