चीनले बनायो ‘कृत्रिम सूर्य’

  •   
  •  
  •  
  •  
  •  
  •  

30 जनाले पढ्नु भयो ।

बेइजिङ । शुक्रबार चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् । यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो ।

यो उपलब्धीबारे इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका खोजकर्ता गोङ शिआनजुले घोषणा गरेका छन् जो यसको अनुसन्धान सञ्चालनका नेतृत्वकर्ता हुन् । ‘एक्सपेरिमेन्टल अड्भान्स्ड सुपरकन्डक्टिङ तोकामाक’, इस्ट नामक सो उपकरणले १२० सेकेन्ड सम्म १२ करोड डिग्री सेल्सियस र २० सेकेन्डका लागि १६ करोड डिग्री सेल्सियस तापमान उत्पन्न गराउन सफल भएको बताइएको छ ।

चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस क्रित्रिम सूर्य अर्थात् न्युक्लियर रियाक्टरले २०१८ को नोभेम्बरमा १० करोड डिग्री सम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरेको थियो । त्यो भनेको सूर्यको तापमान भन्दा ७ गुणा धेरै हो । न्युक्लियर फ्युजनबाट ऊर्जा संकलन गर्नकै लागि रियाक्सनलाई स्थिर राख्ने प्रयास अन्तर्गत वैज्ञानिकहरुले लामो समयदेखि इस्टको तापमानमा काम गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *