चेन्नईबाट पनि मूल प्रवाहले जनायो राजमोको संघीयता बिरोधी कार्यक्रमप्रति ऐक्यवद्धता

440 जनाले पढ्नु भयो ।

चेन्नई पश्चिम,
राजमोले घोषणा गरेको संघीयता खारेज गरौं, कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालौं भन्ने मूल नारा अन्तर्गत सरकारलाई दवाव शृजना गर्नको लागि देशव्यापी घोषणा गरिएको कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा सभा सम्पन्न पारिएको छ ।

अर्जुन केसीको अध्यक्षता र पदम पौडेलको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुले आशनग्रहण पश्चात शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण पछि राजु अधिकारी र कलाकारहरुले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष देव बहादुर लामीछाने, सल्लाहकार कुल बहादुर थापा, केन्द्रीय सदस्य महेन्द्र बस्याल, केन्द्रीय सदस्य मोहराज चालिसे, क्षेत्रीय सदस्य केशमान नेपाली र महिला विभागबाट पुष्पा पौडेलले मन्तव्य दिनुभएको थियो ।

चेन्नई पुर्व,

त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पुर्व नगर समितिको आयोजनामा ऐक्यबद्धता कार्यक्रम सम्पन्न पारिएको छ ।

चन्द्र बहादुर थापाको अध्यक्षता नगर कोटि प्रसाद पोख्रेलको सञ्चालन दक्षिण भारत क्षेत्रीय सदस्य काशिराम शर्मा र महिला बिभाग पूर्व नगर समिति संयोजक श्रीमती लक्ष्मी चालिसेको अथिति आसनगरण पछि शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि नगर ओमकान्त शर्माले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी काशिराम शर्माले संघीयता नेपाली जनताको आबश्यकता नभएको बताउनु भयो । नेपाल र नेपाली जनताको लागि सहि नभएको शर्माको भनाई थियो । शर्माले संघीयता खारेज हुनु पर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै महिला नेतृ लक्ष्मी चालिसे, नगर समितिका सहसचिव टिका थापा, नगर समितिका कोषाध्यक्ष सुर्य प्रसाद भुसाल, नगर सदस्य लक्ष्मण चालिसे, लोक प्रसाद पराजुली, बिमल बहादुर लामेछाने र सेमनचरी एरिया सदस्य प्रथम बहादुर रोका क्षेत्रीले कार्यक्रममा मन्तव्य दिनुभएको थियो ।

चेन्नई उतर,
त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिको आयोजनामा नेपालमा भईरहेको संघीयता बिरुद्ध आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै सभा सम्पन्न पारिएको छ ।

तिलकराम गोराथोकीको अध्यक्षतामा र रमेश बस्नेतको सञ्चालनमा अतिथि आसन ग्रहण पछि एक मिनेट मौनधारण पछि तिल बहादुर बिकले स्वागत मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर विक, बिद्यार्थी केन्द्रीय उपाध्यक्ष बिक्रम केसी, लोकानाथ आचार्य, सोनु बराल र प्रकाश आचार्यले मन्तव्य दिनुभएको थियो । गोपाल बिकले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिनुभयको थियो ।

चेन्नई दक्षिण,

मूल प्रवाह लखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिको आयोजनामा संघीयता खारेज गरौं, कोरोना भाईरसका बिरुद्व प्रभावकारी कदम चालौं भन्ने मूल नारा अन्तर्गत राष्ट्रिय जनमोर्चाद्वारा आव्हान गरिएको कार्यक्रमलाई ऐक्यवद्धता जनाउँदै भर्चुअल माध्यमद्वारा कार्यक्रम सम्पन्न गरिएकोछ ।

नगर अध्यक्ष लोकेन्द्र पौडेलको अध्यक्षता र नगर कोषाध्यक्ष जीवन शर्माले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमा केन्द्रीय सदस्य मदन शर्मा र महेन्द्र बस्यालले अतिथि आशन ग्रहण गर्नुभएको थियो ।

१ मिनेट शहिदहरुको संझनामा मौनधारण पश्चात् अघि बढेको कार्यक्रमलाई नगर सदस्य रनबहादुर थापाले स्वागत मन्तव्य दिनु भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य मदन शर्मा, महेन्द्र बस्याल, नगर सदस्य चुडामणि शर्मा, लक्ष्मी आचार्य, हर्क थापा, कृष्ण पौडेल, टि नगर एरिया अध्यक्ष प्रेम आचार्यले मन्तव्य दिनुभएको थियो ।

उक्त कार्यक्रमा रोशन थापा, खगराज आचार्य, उमानन्द चालिसे, जुना शर्मा र लक्ष्मि शर्माको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *