चेन्नईमा लगातार १० औं आत्महत्या

  •   
  •  
  •  
  •  
  •  
  •  

122 जनाले पढ्नु भयो ।

चेन्नई । भारतको तामिलनाडु राज्यको चेन्नई (मद्रासमा) १०औं आत्महत्याको घटना घटेको छ । जैमिनी नगरपालिका ८ छिस्ती ढावा निवासी हाल चेन्नईको ताम्बाराम अबस्थित सिंगापुर सेन्ट्रीङ ट्रेनीङ सेन्टरमा कार्यरत बुद्धी प्रसाद क्षेत्रीले पंखामा कपडाको पासो लगाइ झुन्डीएर आत्महत्या गरेको बताइएको छ ।

५० वर्षका क्षेत्रीले १८ सितंबर २०२० का दिन करिब ५.१५ बजे बिहान कम्पनी भित्र जेनेटर रूमको पंखामा कपडाको पासो लगाइ झुन्डीएर आत्महत्या गरेको प्रत्यक्ष दर्शिहरुले बताएका छन् । मृतक बुद्धि प्रसाद क्षेत्री उक्त कलेजमा १० बर्षदेखि कार्यरत थिए । संगै काम गर्नेहरुले बताए अनुसार म्यानेजरसँगको सामान्य मनमुटावमा आत्महत्या गरेको हुन सक्ने आंकलन गरिएको छ ।

निजको पार्थिव शरीर प्रहरी प्रशासन र कलेज म्यानेजमेन्टले सान्टोरीयम अवस्थित सरकारी जेनेरल हस्पिटलमा पोष्टमार्टम गराएर क्रोमपेट, चेन्नईमा दाहसंस्कार गरिएको छ ।

मृतक क्षेत्रीका ११, ८ र ३ बर्ष का तीन छोरा र श्रीमति छन् । मालीकले केही आर्थिक सहयोग गर्ने आस्वाशन दिएको बताइएको छ । चेन्नईमा आत्महत्याको यो १०औं घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *