चेन्नईमा विदाई कार्यक्रम भव्य रुमा सम्पन्न

  • लोकेन्द्र पौडेल,

चेन्नई, ८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण र पश्चिम नगर समितिको संयुक्त आयोजनामा बिधाई कार्यक्रम सम्पन्न भएको छ ।

दक्षिण नगर समितिका उपाध्यक्ष खगराज आचार्यको अध्यक्षता र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नै दक्षिण मुल प्रवाह महिला विभाग सचिव नविना बस्नेतको सञ्चालनमा अघि बढेको सो विदाई कार्यक्रमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष कुल बहादुर थापा, केन्द्रीय सदस्य मदन शर्मा, केन्द्रीय वैकल्पिक सदस्य मोहराज चालिसे, क्षेत्रीय कोेषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य केशमान नेपाली, लक्ष्मी शर्मा र भवानीप्रसाद पोख्रेलले अतिथि आशन ग्रहण गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई चेन्नई पश्चिम नगर सदस्य पदम पौडेलले स्वागत गर्नुभएको थियो ।

मूल प्रवाह चेन्नई दक्षिण नगर समितिमा सदस्य रहनु भएका भवानी प्रसाद पोख्रेल स्थायी बसोवास दाङ देउखुरी भई हाल चेन्नई दक्षिण नगर समिति अन्तर्गत पल्लावरम स्थित ल्यादर कंपनीमा १९८८ देखी कार्यरत रहि संगठनमा अनुशासित रुपमा काम गर्दै आउनु भएको थियो । त्यसै गरि लक्ष्मी शर्मा चेन्नई दक्षिण नगर महिला विभाग सदस्य हुनुहुन्थ्यो । जैमिनी नगर पालिका ८ छिस्ती बाग्लुङ स्थायी घर भई आफ्नो श्रीमान दक्षिण नगर कोषाध्यक्ष जीवन शर्माले पल्लावरममा काम गर्ने हुँदा उहाँ बिगत १२ बर्षदेखी यहाँ रहँदै आउनु भएको थियो ।

कुल बहादुर थापा, मदन शर्मा, मोहराज चालीसे, क्षेत्रीय समितिबाट लोकेन्द्र पौडेल र केशमान नेपाली, चेन्नई दक्षिण कोषाध्यक्ष जीवन शर्मा, चेन्नई दक्षिणका सचिव उमानन्द चालीसे, दक्षिण नगर सदस्य कृष्ण पौडेल, रोम बहादुर सापकोटा, पदम वि.क., चेन्नई पश्चिम नगर अध्यक्ष बुद्विराम पौडेल, सह–सचिव नेत्रलाल शर्मा, कोषाध्यक्ष एकदेव शर्मा, पदम पौडेल लगायतले शुभकामना दिनुभएको थियो र बिधाई भएर जाने साथिहरुले आउँदा दिनमा यस मूल प्रवाह विश्व विद्यालयबाट प्राप्त गरेको शिक्षालाई नेपालमा गएर शोषित पिडित वर्गहरुको मुक्तिका लागि डटेर मुकाबिला गर्ने प्रण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार