चेन्नईमा ९औं आत्माहत्या

0Shares

36 जनाले पढ्नु भयो ।

चेन्नई । तुल्सिपुर नपा १६ मानपुर, दाङ निबासी सन्तोष चौधरीले चेन्नईमा आत्महत्या गरेको समाचार छ । उनी कल्लु चौधरीका बर्ष २३ का छोरा थिए ।

हाल चेन्नईको किल्पाक स्थित कृष्ण भवनमा एक बर्षदेखी कार्यरत उनले ४ सितंबर २०२० का दिन विहान करिब ४ बजे होटलको रूमको फ्यानमा कपडाको पासो लगाएर झुन्डीएर आत्महत्या गरेको स्थानीय प्रशासनले जनाएको छ ।

उनले आत्महत्या गर्नु पूर्व परिवारलाई लेखेको पत्र प्रशासनलाई हात परेको बताइएको छ, तर कुनै कारण बताइएका छैनन् । यस प्रकारका दुःखद घटना चेन्नईमा ९औ घटना हो ।

उक्त घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई जानकारी भए पछि दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याल घटना स्थलमा पुगी प्रहरी प्रशासन र होटल म्यानेजमेन्टसँग छलफल गरी बड़ी किल्पाकको मेडिकल हस्पिटलमा पोष्टमोर्टमको लागि पठाइएको थियो । होटल मालिकसँग छलफल पछि मृतकको परिवारको लागि रू.७५ हजार भारू आर्थीक सहयोग दिलाइएको छ ।

एकता समाजको पहलमा आफन्तजनसँग नेपाल सम्पर्क गरि आधिकारिक पत्र मगाएर पोलीस स्टेशनमा कानुनी प्रकृया र हस्पिटलमा मेडिकल प्रक्रिया पुरा गरि ५ सितंबर २०२० दिन नुंगामबाक्कम शंशानघाटमा करिब ५ बजे मृतक शन्तोषको दाहसंकार गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, क्षेत्रीय प्रतिनिधि दयाराम खनाल, क्षेत्रीय सदस्य कासीराम आचार्य, पश्चिम नगरका कोषाध्यक्ष बुद्धिराम पौडेल, सदस्य डोल बहादुर नेपाली, ज्योतिनारायण शर्मा, उमानन्द आचार्य, गाउँले तथा संगै काम गर्ने साथी सुनील थारू, हरि नेपाली, बिकास नेपाली, आनन्द कुमार, रमेश नेपाली, दिनेश नेपाली, बिकास नेपाली, राजकुमार नेपाली, सुरज नेपाली, अर्जुन नेपाली, कृष्ण नेपाली, राम थारू, राजेन्द्र थारू, चुडामणी शर्मा र शौगत क्षेत्री लगायतको दाहासंस्कारको वेलामा उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *