चेन्नई उत्तरमा बिद्यार्थी भेला सम्पन्न

2270 जनाले पढ्नु भयो ।

चेन्नई उत्तर । अखिल भारत नेपाली विद्यार्थी संघ चेन्नई उत्तर नगर समितिको चौथो भेला सम्पन्न पारिएको छ ।

नर बहादुर विकको सञ्चालन र शिव केसीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा सहभागिहरुलाई नविन पौडेलले स्वागत गर्नु भएको थियो । भेलाको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले गर्नु भएको थियो ।

चेन्नई उत्तर नगर समितिका मोहराज सुवेदी, पश्चिम नगर सदस्य पदम पौडेलले भेला सफलताको शुभकामना दिनु भएको थियो । भेलाले नर बहादुर बिकको अध्यक्षतामा ९ पूर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरि १५ सदस्यीय उत्तर नगर समितिको चयन गरेको छ । जसमाः सचिव– नविन पौडेल, कोषाध्यक्ष– विसन केसी, सदस्यहरूमाः दिपा केसी, शिव केसी, नविता पौडेल, नितु सुवेदी, सर्मीला विक, देवेन्द्र थापा, सर्मीला विक, देवेन्द्र थापा बैकल्पिक सदस्यहरूमाः हरि प्रसाद शर्मा, अमित विक र गितु सुवेदी रहेका छन् । त्यस्तै भेलाले गोविन्द पौडेल र होमनाथ पौडेल सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ । नयाँ समितिको घोषणा क्षेत्रीय समितिका कोषाध्यक्ष शेर बहादुर बिकले गर्नुभएको थियो ।

भेलाको अवसरमा अनलाइन हाजीर जवाफ कार्यक्रम पनि गरिएको थियो । हाजीर जवाफमा नमिता पौडेलले प्रथम पुरस्कार जित्न सफल भएकी थिइन् । पुरस्कार बिजेता र नव निर्वाचित समितिलाई मूल प्रवाह केन्द्रीय सल्लाहकार कुलबहादुर थापा, उत्तर नगर समितिकी सदस्य मंगली विक, क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर बिकले बधाई दिनुभएको थियो ।
दिपा केसीले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *