चेन्नई पश्चिममा मूल प्रवाहद्वारा राहात वितरण

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिले रू.५०० नगद र दर्जनौ खाद्य बस्तु राहात स्वरूप बितरण गरेको छ ।

फलेवास नगरपालिका ९, ग्यादी कटुवा चौपारी, पर्वत निवासी स्व. कालीदास पौडेलकी श्रीमती गीता पौडेल हाल चेन्नईको मनाली भन्ने ठाउँमा दुई स–साना छोरा सहित भाडाको रूममा बस्दै आएकी छिन् । श्रीमानको केही महिना पहिला सड्क दुर्घटनामा दुःखद निधन भएको गिताले बताउँ छिन् ।

दुर्घटनामा ज्यान गुमाएका श्रीमानको कोर्टमा केस लड्न आफू चेन्नई आएकी गिता (कोभिड–१९) को विश्व व्यापी महामारीका र लकडाउनका कारण कोर्टको काम हुन नसकेको बताइन् ।

केही काम गर्न नपाएको हुनाले सारै दयनीय अवस्था भएपछि नेपालदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको फोन नम्बर प्राप्त भएपछि मात्रै गिताले एकता समाजलाई सम्पर्क गर्न सफल भएकी थिइन् । उनको दयनीय अवस्थालाई मध्ये नजर गर्दै २४ मई २०२० का दिन नगर समितिका अध्यक्ष हेमराज रिजाल र क्षेत्रीय अध्यक्ष महेन्द्र बस्यालको उपस्थितमा खाद्यान्न सहित, नास्तका लागि चाउचाउ, विस्कुट र साबुन, कोलगेटसम्मका सामानहरु र रु. ५००/- नगद राहत स्वरूप सहयोग गरिएको छ ।

समाजले बेरोजगार तथा अलपत्र परेकाहरूलाई आपतको घडीमा राहत वितरण गरि सरानीय कार्य गरेको देखेर कतिपय सहयोगी व्यक्तित्वहरूले मूल प्रवाह मार्फत राहत वितरणका लागि सहयोग पुगोस् भन्दै नगद सहयोग प्रदान गर्दै आएका छन् । यसै क्रममा कञ्चन गाउँपालीका ५ सण्डहवा रूपन्देही निवासी श्रीमति सिता पौडेलले रू. २ हजार सहयोग गर्नु भएको छ ।

सिता पौडेलबाट प्राप्त २ हजार र नगर समितिबाट केही सहयोग गरि गिता पौडेललाई सहयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार