चेन्नई पूर्वमा एरिया सम्मेलन सम्पन्न

779 जनाले पढ्नु भयो ।

चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पूर्व नगर द्धारा संचालित सेमन्चेरी एरीया र कुमार नगर एरियाको संयुक्त १० औं सम्मेलन ९ फरवरी २०२० का दिन सम्पन्न भएको छ । टीका थापाको संचालन र सुर्य प्रसाद भूसालको अध्यक्षता तथा सहिदहरूको सम्मान मा १ मिनेट मौनधारण पछि लोकराज पराजुलीले स्वागत मन्तव्य दिनुभएको थियो भने रक्तिमका कलाकारहरुले साँगितिक स्वागत गरेका थिए ।

सम्मेलनको विधिवत उद्घाटन नगर समितिका अध्यक्ष तथा क्षेत्रीय सदस्य चन्द्र बहादुर थापाले गर्नु भएको थियो । क्षेत्रीय सदस्य बोमलाल बसेल, कांशीराम आचार्य, नगर सचिव कोटी प्रसाद पोख्रेल, सदस्य राम प्रसाद शर्मा र सुरेश परियारले सम्मेलन सफलताको शुभकामना दिनु भएको थियो ।

कुमारनगर एरिया समिति :
सम्मेलनले लोकराज पराजुलीको अध्यक्षतामा ७ पूर्ण र २ बैकल्पिक गरि ९ सदस्यीय कुमारनगर एरिया समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– बाबुराम सापकोटा, सचिव– बिमल लामिछाने, सहसचिव नरेंन्द्र थापा, कोषाध्यक्ष– टिका थापा, सदस्यहरूमाः कर्ण बहादुर सुनार, लाल बहादुर लामिछाने, बैकल्पिक सदस्यहरूमाः मिना सुनार र रिता सापकोटा रहनु भएको छ ।

सिमेनचेरी एरिया समिति :
त्यस्तै सम्मेलनले सुर्य प्रसाद भुसालको अध्यक्षतामा ९ पूर्ण ३ सल्लाहकार गरि १२ सदस्यीय सेमनचेरी एरिया समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– यामुना थापा, सचिव– कमल प्रसाद रेग्मी, सहसचिव– ओम बहादुर बिक, कोषाध्यक्ष– प्रेम थापा रहनुभएको छ । सदस्यहरूमाः लक्ष्मण चालीसे, नवराज सापकोटा, जीवन पौडेल, लक्ष्मी चालीसे, सल्लाहकार सदस्य महेन्द्र थापा, रिता भुसाल र फनाधर पोख्रेल रहनु भएको छ ।

सम्मेलनको अवसरमा टोल स्तरिय भलिवल प्रतियोगिताको आयोजना पनि गरिएको थियो । जस्माः सेमनचेरी टोल प्रथम र कुमारनगर टोल द्वितीय भएका थिए । नब निर्वाचित समिति र बिजयी खेलाडीहरूलाई बधाइ र पुरस्कार बितरण प्रमुख अतिथि चन्द्र बहादुर थापाले गर्नुभएको थियो ।

अडियार एरिया समिति :
त्यसगरि सोही नगर समितिद्वारा संचालित अडियार एरीया समितिको चौथो भेला १६ फरवरी २०२० का दिन सम्पन्न भएको छ । सुर्य बहादुर परिवारको सञ्चालन, काशिराम शर्मा अध्यक्षता पछि अथितीहरुद्वारा आसनग्रहण र शहिदहरूको सम्मानमा १ मिनेट मौनधारण पछि रामप्रसाद शर्माले स्वागत मन्तव्य दिनुभएको थियो ।

नगर समितिका सचिव कोटीप्रसाद पोख्रेलले भेलाको सफलताको शुभकामना दिनुभएको थियो । भेलाले काशिराम शर्माको अध्यक्षतामा ७ पुण र २ बैकल्पिक गरि ९ सदस्यीय एरिया समिति चयन गरेको छ । जस्मा : उपाध्यक्ष– राम प्रसाद शर्मा, सचिव– सुरेस परिवार, सहसचिव– गिता पौडेल, कोषाध्यक्ष– सिता शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमाः कुलराज रावल, कृष्ण पौडेल, बैकल्पिक सदस्यमाः बाबुराम पौडेल, मानबहादुर सुनार रहनुभएको छ ।

नयाँ समितिलाई चेन्नई दक्षिण नगर समितिका अध्यक्ष लोकेन्द्र पौडेलले बधाई दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *