चेन्नई पूर्वमा प्रशिक्षण कार्यक्रम सम्पन्न

  •   
  •  
  •  
  •  
  •  
  •  

149 जनाले पढ्नु भयो ।

कोटि प्रसाद पोख्रेल,

चेन्नई पूर्व । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम चेन्नई पुर्व नगर समितिका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता नगर समितिका सचिव कोटिप्रसाद पोख्रेलको सञ्चालन र समाजका केन्द्र सल्लाहकार कुल बहादुर थापाको प्रमुख आतित्थ्यता, दक्षिण भारत क्षेत्र समितिका बोमलाल बसेलको अतिथी आसनग्रण पछि शहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा उपस्थित कार्यकर्ताहरुलाई नगर समितिका सहसचिव टिका थापाले स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथी कुल बहादुर थापाले नेपालको वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय जनमोर्चाका भुमिका बारे एवं भारत प्रवासमा मूल प्रवाहले खेलेको भूमिकाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

मूल प्रवाह क्षेत्रीय समितिका बोमलाल बसेलले भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेलेको भूमिकाको बारेमा प्रष्ट्याउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *