जनआन्दोलनकी आमा

हेम विजी, चिताम्बरम

मैले गर्भधारणा गरेकी थिए गणतन्त्र
मेरो गर्भमै हुर्किदै थिए
एकै साथ
धर्म निरपेक्षता
समानुपातिकता
समावेशिता
र एक थान
लोकतान्त्रिक गणतान्त्रिक संविधान
तर खोई
कसरी जन्मियो गणतन्त्रसँगै
यो संघीयता
खोई कसरी हुर्कियो
मेरो गर्भधारणा विना
यो संघीयता
यसरी बर्बराउदै थिईन
जनआन्दोलनकी आमा !

मेरो कुपुत्रो नै थियो
यो संघीयता
बाउ को हो ?
मलाई थाहा छैन यसको
सायद
मध्य रातमा म बलात्कृत भए कि
सायद मध्य रातमा
कसैले
यो संघीय कुपुत्रो छोडेर
गयो कि
मेरो ईच्छा विना
न हिमालसँग मिल्छ
यसको अनुहार
न पहाडसँग मिल्छ
न तराईसँग मिल्छ
नेपाली माटो बाहिरको जस्तै छ
यो संघीय कुपुत्रो
यसरी बर्बराउँदै थिईन
जनआन्दोलनकी आमा !

यो संघीय कुपुत्र
यस्तो छ
जुन धर्म मान्छ
उहि धार्मिक राज्य खोज्छ
जुन जातसँग
मित्रता गाँस्छ
उहि जातको राज्य भन्छ
र जुन जुन क्षेत्र पुग्छ
उही अलग क्षेत्रीय राज्य लिन
लडाई गर्छ
त्यसैले
म दिन सक्दिन सानो राज्यमा
राज्यै राज्य
म पाल्न पनि सक्दिन
राज्य राज्यका हजारौं राजाहरु
त्यसैले
फाली देउ यो संघीयतालाई
मेरो पुत्र होईन
भगाउ देउ उसैको देश
यो मेरो सन्तान होईन
हटाई देउ
यसको आवश्यकता पनि छैन
यसरी
बर्बराउँदै थिईन
बर्बराई रहेकी छिन
जनआन्दोलनकी आमा !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार