जनवादी गायक नविन वस्यालको ‘पन्चे वाजा’ सार्वजनिक

132 जनाले पढ्नु भयो ।

काठमाडौं ।  विदेशमा रहेर पनि जनवादी गीत संगितको सिर्जना गरिरहेका गायक नविन वस्यालले नयाँ गित ‘पन्चे वाजा’ ल्याउनुभएको छ ।

स्वर, शब्द, संगीत सबै नविनकै रहेको गीतको स्वरमा लिला परियार र शारदा रसाइलीले साथ दिनुभएको छ । गीतको संगित संयोजन भने नारायण दंगाललले गर्नुभएको छ ।

आश्रम म्युजिकले प्रस्तुत गरेको पन्चे वाजामा विदेश गएका नेपालीहरुको दुःख पीडालाई मौलिक पन्चे वाजाको सुरमा निकै रोचक ढंगले प्रस्तुत गरिएको छ ।

‘मन थिएन घर छोडि आउन, गाह्रो भयो जिन्दगी बिताउन’ भन्दै प्रस्तुत गीतले संसारभर छरिएका नेपाली देशको राजनीतिक अवस्थाका कारण विदेशिन बाध्य भएका र स्वदेशमै केही गर्नुपर्ने सन्देश दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *