जयपुरमा एमसिसि विरुद्ध एक्यवद्धता सभा सम्पन्न

जयपुर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर एवं दक्षिण नगर समितिको संयुक्त आयोजनामा एमसिसि विरुद्ध विरोध सभा सम्पन्न भएको छ । देशमा राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा आयोजना गरेको एमसिसि विरुद्ध कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै सो सभा गरिएको हो ।

टंक थापाको सञ्चालन र ओम थापा अध्यक्षताबाट शुरुभएको सो सभामा केन्द्रीय सदस्य मोहन गिरी, केन्द्रीय साँस्कृतिक विभागका रिम राना, केन्द्रीय सदस्य तथा मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेल बहादुर रजाली,  मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय सचिव नारायण ज्ञवाली, मूल प्रवाह जयपुर दक्षिण कोषाध्यक्ष दीपक थापा, ओमन नेपाली एकता समाजका संस्थापक महासचिव नारायण ज्ञवाली लगायतले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार