जयपुरमा नेपाली युवतीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको आरोप

  •   
  •  
  •  
  •  
  •  
  •  

211 जनाले पढ्नु भयो ।

बेल रजाली मगर, जयपुर (राजस्थान) ।
भारतको राजस्थानको राजधानी जयपुरमा नेपाली युवतीको शंकास्पद मृत्यु भएको छ । बागलुङ जिल्लाको ताराखोला गाऊँपालिका (साविक तारा गाविस, वार्ड नं ५) घर भएका अमर बहादुर विक (थापा) की छोरी मिना थापाको मृत्यु भएको हो।

मृतकका परिवारले युवतीको हत्या भएको आशंका गरेका छन् । परिावारले युवतीसँगै काम गर्ने साथी भारतीय नागरिक दीपक शर्माले हत्या गरेको आरोपमा मुद्दा दर्ता गराएका छन् ।

मृतक मिनाको सपरिवार जयपुरमा बस्दै आएको छ । बुवा अमर थापा पर्यटन विभाग (आरटीडीसी) मा कार्यरत हुनुहुन्छ ।

परिवारका अनुसार दिनांक २० सेप्टेम्बर २०२० का दिन मीना घरबाट लाइब्रेरी जान्छु भनी हिँँडेकी थिइन् । घरबाट गएको करीब ३ घण्टा पछि निज दीपक शर्माले तपाईंकी छोरीले आत्महत्या गरिन्, अस्पताल आऊनु होस् भनी मृतकका बुवा अमर बहादुरलाई फोन गरेका थिए । ती भारतीय नागरिक दीपक शर्मासँग मीनाले पहिला सँगै काम गर्दा चिनजान भई दुवैबीच प्रेम प्रसंग चलेको थियो । पछी मीनालाई दीपक शर्मा पहिला नै विवाहित रहेको थाहा लागेको जानकारी भएको छ ।

यो घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणमा आउना साथ नगर अध्यक्ष रिम रानाको नेतृत्वमा बल बहादुर खासु, करण थापा लगायतको टीम घटनास्थलमा पुगी निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा जुन पंखामा झुण्डिएर पासो लगाएको भनिएको थियो, त्यो पंखामा धुलो जमेको, दीपक शर्मा एक्लै बस्ने भनिएको कोठामा दुई चार जना अरु मान्छे पनि बसेको हुन सक्ने देखियो ।

मृतकले सुसाईड नोट लेखी आत्महत्या गरेको भने पनि त्यो सुसाईड नोट मृतकको ह्यान्ड राईटिंग नभएको, त्यहाँ आसपासका छिमेकीहरुलाई घटनाकोबारे केही जानकारी नभएको यी सबै चीजहरु लाई हेर्दा आत्महत्या नभई हत्या नै भएको मूलप्रवाहले ठहर गरेको छ । मृतकका बुवा अमर बहादुरले पुलिसले आरोपी व्यक्तिसित सम्झौता गर्न मुकदमा दर्ज नगर्न दबाव दिए पनि मुकदमा दर्ज गराउनु भयो ।

हिँजो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय सचिव नारायण ज्ञवाली, सदस्य ओम थापा, जयपुर दक्षिणका अध्यक्ष रिम राना मृतकको घरमा गई परिवारलाई सान्त्वना दिनुको साथै यो मुद्दालाई अगाडि बढाऊन जस्तो सुकै सहयोग चाहिए पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज त्यसको लागी तयार रहेको क्षेत्रीय सचिव नारायण ज्ञवाली ले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *