जयपुरमा ११०औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवश मनाइयो

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत महिला बिभाग जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा ११०औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइएको छ । कोरोना भाइरसको आतंकको बीच पनि भव्य रुपमा सो कार्यक्रमको सञ्चालन माया थापाले र हुमा रजालीले अध्यक्षता ग्रहण गर्नुभएको थियो ।

मूल प्रवाह केन्द्रीय सदस्य मोहन गिरी, मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेल बहादुर रजाली, रक्तिम केन्द्रीय विभागका रिम राना, केन्द्रीय खेल विभागका टंक बहादुर थापा, जनजाति क्षेत्रीय विभागका बल बहादुर खासु लगायतको अतिथि आसन ग्रहण पछि शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई दीपा थापाले स्वागत गर्नु भयको थियो ।

कार्यक्रमका प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सदस्य मोहन गिरीले महिला अधिकारका बारेमा चर्चा गर्दै महिला मुक्ती आन्दोलनलाई अगाडि़ बढाउन प्राप्त सीमित अधिकारको उपयोग गर्दै थप अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने बताउनु भएको थियो ।

अर्का अतिथि मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेल बहादुर रजालीले महिला दिवसको ऐतिहासिक पक्षलाई केलाउँदै महिला आन्दोलनको विकास मजदूर आन्दोलनको रुपमा भएको बताउनु भयो । शुरुवातमा कामको समय घटाउने मांगबाट उठेको यो आन्दोलन पछी महिला मुक्ति आन्दोलनको रुपमा विकास भएको रजालीले बताउनु भयो । “आज संसारभरी एकातिर यही पूँजीवादी व्यवस्था नै परिपूर्ण व्यवस्था हो भन्नेहरुले महिला दिवस मनाई रहेका छन् भने हामी आमूल परिवर्तन गर्न चाहनेहरुले पूँजीवादी व्यवस्थाले होइन समाजवादी व्यवस्थामा मात्र महिलाहरुको हक अधिकार सुनिश्चित हुन्छ भन्ने विचारलाई आत्मसाथ गरेर यो महिला दिवस मनाई रहेका छौ ।” रजालिले भन्नु भयो– “त्यसैले महिला आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलन संगै अगाडि़ बढाउनु पर्ने हुन्छ ।”

कार्यक्रममा महिला विभाग जयपुर दक्षिणबाट बीना थापा, पत्रकार टोल समितिबाट सुनीता परियार, मूल प्रवाह जयपुर उत्तरबाट मंगल सिंह खडका, पूरण खड़का, मूल प्रवाह जयपुर दक्षिणबाट सचिव बाबुराम थापा, कोषाध्यक्ष दीपक थापा, खैरेनी मगर संघ तनहुंका राम बहादुर थापाले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार