जसकलाको स्मृतिमा आबुधावीमा शोकसभा

केपि विरही, युएई ।

युएई नेपाली एकता समाज महिला विभागकी कोषाध्यक्ष रीता घिमिरेकी आमा जसकला बन्जाडेको स्मृतिमा आबुधावीमा शोकसभा आयोजना गरिएको छ । एकता समाज महिला विभाग आबुधाबी क्षेत्रीय समितिको आयोजनामा शोकसभा सम्पन्न भएको हो ।

समितिका अध्यक्ष खिममाया तिवारीको अध्यक्षता तथा सचिव बिना तामाङको सञ्चालनमा भएको स्मृति सभामा उपस्थित सबैले मृतक आमाको तस्बिरमा माल्यार्पण गरी एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रमका युएई नेपाली एकता समाजका महासचिव टीकाराम नेपालीले ‘जन्म र मृत्यु प्रकृतिको नियम भएको हुनाले यो नियमलाई सबैले मान्नै पर्ने र प्रकतिको नियमविरुद्ध कोही पनि जान नसक्ने बताउनुभयो ।

‘आजको करोना महामारी तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरु पनि प्रकृतिको नियमको विरुद्ध जानुका परिणामहरु हुन् । त्यसकारण मृत्युलाई स्वभाविक रुपमा लिनुपर्छ’ उहाँले भन्नुभयो, ‘आजको यो सडेगलेको समाजलाइ बदलेर सून्दर समाजको निर्माण गर्ने बाटोमा हिँड्नु भएकी छोरीलाई जन्म दिने महान आमाको निधनले सिंगो एकता समाज परिवार भावविह्वल बनाएको छ ।’

कार्यक्रममा महिला विभाग केन्द्रीय सदस्य सावित्रा खनाल, एकता समाज केन्द्रीय कोषाध्यक्ष दिनेश थापा, आबुधाबी क्षेत्रीय समितिका अर्जुन खनाल र समाजसेवी नारायण केसीले पनि शोक मन्तव्य राख्नु भएको थियो ।

महिला नेत्री घिमिरेकी आमा जसकला बन्जाडेको यहि असोज १० गते ७३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार