जातीय समता समाजको अध्यक्षमा राजेश विक, महासचिवमा भक्तबहादुर

बुटवल । जातीय समता समाजको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । फागुन ८ र ९ गते बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले राजेश विक (रुपन्देही) लाई अध्यक्ष र भक्तबहादुर विक (काठमाडौं) लाई महासचिव चयन गरेको छ ।

सम्मेलनले १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकार सहितको समिति निर्वाचित गरेको नवनिर्वाचित महासचिव भक्तबहादुर विकले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा टिका विक (दाङ) र गोविन्द विक (कञ्चनपुर) रहनुभएको छ । सचिवमा गोपाल नेपाली (प्युठान) र कोषाध्यक्षमा रेकम सुनार (प्युठान) चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा तिलक परियार (कैलाली), शेरबहादुर परियार (सुर्खेत), गोपाल बराईली (धनकुटा), राजेन्द्र नेपाली (अर्घाखाँची), मनबहादुर सुनार (बाँके), पनबहादुर विक (बागलुङ), रनबहादुर रिजाल (नवलपुर), नरबहादुर सुनार (बागलुङ) र लक्ष्मी विक (नवलपुर) रहनुभएको छ ।

वैकल्पिक सदस्यहरुमा अहिन्द्र विक (प्युठान), रामकुमार विक (बागलुङ), विक्रम विक (कैलाली), रोमा विक (प्युठान) र कृष्णा बराईली (रुपन्देही) चयन हुनुभएको छ । सम्मेलनले दिलबहादुर विक (कपिलवस्तु), पवित्रा सुनार (काठमाडौं), अमर नेपाली (दैलेख), गौरा नेपाली (काठमाडौं) र छवि विक (म्याग्दी) लाई सल्लाहकार चयन गरेको छ ।

आइतबार साँझ भएको समापन समारोहमा अध्यक्ष राजेश विकले संगठनलाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको थियो । राजेश विक यसअघि पनि समता समाजको अध्यक्ष रहनुभएको थियो ।

नवनिर्वाचित उपाध्यक्ष टिका विकको अध्यक्षतामा सम्पन्न समापन समारोहमा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा र अखिल नेपाल जनजाती सम्मेलनका कार्यबहाक महासचिव उषा पुनले शुभकामना दिनुभएको थियो । यस्तै, प्रतिनिधिहरुको तर्फबाट गिता नेपाली (कञ्चनपुर) र लालबहादुर नेपाली (सुर्खेत) ले पनि समितिलाई बधाई ज्ञापन गर्नुभयो ।

सम्मेलनको उद्घाटन बुटवलमा शनिबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार