जापानको ह्योगोमा एकता समाजको क्षेत्रीय भेला

  •   
  •  
  •  
  •  
  •  
  •  

468 जनाले पढ्नु भयो ।

जापान । जापान नेपाली एकता समाज क्षेत्रीय समिति ह्योगोको क्षेत्रीय भेला सम्पन्न भएको छ । समाजका क्षेत्रीय अध्यक्ष हेमलाल गौतमको अध्यक्षतामा १७ अगस्टका दिन कोवेमा सम्पन्न भेलाले समिति पुनर्गठन गरेको छ ।

नव निर्वाचित क्षेत्रीय समितिको अध्यक्षमा भुवन सापकोटा चयन हुनुभएको छ । यस्तै, उपाध्यक्ष कृष्ण बहादुर दर्जी, सचिव विष्णु सापकोटा, सहसचिव मनि सापकोटा र कोषाध्यक्षमा याम बहादुर परियार चयन हुनुभएको छ।

सदस्यहरूमा देव सापकोटा, दुर्गा बहादुर दर्जी, होम परियार, श्याम केसी, सिर्जना गौतम र छन्द सापकोटा रहनुभएको छ भने दुई स्थान रिक्त राखिएको छ ।

सचिव तेजेन्द्र क्षेत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा नव निर्वाचित समितिलाई केन्द्रीय उपाध्यक्ष भिम केसीले शुभकामना दिनु भएको थियो ।

क्षेत्रीय समितिको प्रथम भेला २०१६ डिसेम्वरमा भएको थियो । निवर्तमान अध्यक्ष हेमलाल गौतमले स्थापनाकालदेखि हालसम्मको संक्षिप्त विवरण र रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । समाजका केन्द्रीय उपाध्यक्ष भिम केसी र सल्हाकार नन्दु शर्माले समाजको महत्व तथा संगठन निर्माणबारे स्पष्ट पार्नुभएको थियो ।

एकता समाजले यही २०२१ अगस्ट १७ मा ओसाकामा मृत्यु भएका नारायण खत्रीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । भेला स्थलमा ६८ हजार एन जम्मा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *