जारी छ दाङमा राष्ट्रिय जनमोर्चामा प्रवेश

दाङ । राष्ट्रिय जनमोर्चा दाङमा सयौँको सङ्ख्यामा पार्टीप्रवेश निरन्तर चलिरहेको छ । पार्टीले कार्यक्रम नै तय गरेर जिल्लाका विभिन्न ठाउँहमा प्रवेश कार्यक्रम आयोजना गरी प्रवेश गराइरहेको छ ।

यसै क्रममा बङ्गलाचुली गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट प्रवेश गर्नेहरूमा भक्तबहादुर पुन, कमल घर्तीमगर, धनबहादुर घर्ती, सुरेन्द्र पुनमगर, रेसम पुनमगर, खुमान सुनार, गोमा नेपाली, मोतिराम खत्री, विकास रोका, जोगिन्द्र घर्ती, पुष्पा पुन, लेखबहादुर घर्ती, श्याम महरा, हेमन्त कुँवर, छविलाल गिरी, महेश खत्री, पानाश्वर रानालगायत दर्जनौँ रहनुभएको छ ।

पार्टीप्रवेश गर्नुहुने सबैलाई पार्टीका जिल्लाध्यक्ष गणेश आचार्यले पार्टीको सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराउनुभएको थियोे ।

राष्ट्रिय जनमोर्चा बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष रामबहादुर जिएम, राष्ट्रिय जनमोर्चा वडा उपाध्यक्ष पीरम नेपाली, अखिल नेपाल युवक सङ्घ घोराहीका उपाध्यक्ष सुमन घर्ती, बङ्गलाचुली अध्यक्ष भिमबहादुर थापा, सचिव यमबहादुर घर्तीलगायतले मन्तव्य राख्नुभएको थियोे ।

राष्ट्रिय जनमोर्चा पालिका संयोजक भिमबहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव मिनराज पौडेलले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार