जालन्धरका नेपालीहरू मूल प्रवाहमा संगठित

खिमराज चालिसे,

जालन्धर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चीमोत्तर क्षेत्रको जालन्धर नगरसमितिद्वारा सञ्चालित इन्डस्ट्रियल एरियाको कालिया कलोनीका नेपालीहरूबीच संगठन विस्तार भएको छ । सो कलोनीमा भएको भेलाले मूल प्रवाहका दुई वटा टोल समिति निर्माण गरेको छ ।

केन्द्रीय सदस्य कुल बहादुर बगाले र क्षेत्रीय सदस्य धन बहादुर गोर्खालीको विषेश उपस्थितिमा आयोजित भेलामा विभिन्न समसामयिक विषयमा व्यापक छलफल पश्चात संगठन निर्माण गरिएको हो ।

विपिन परियारको अध्यक्षतामा गठित समिति ‘ए’ को उपाध्यक्षमा नारायण सिंह, सचिव मन्जुल सुनाम, सहसचिव राजु तिरुवा, कोषाध्यक्ष सुरज विक तथा सदस्यहरूमा राजु सुनार, सोनु परियार, लोक बहादुर थापा, सुनिल बस्याल, दिपु बस्याल, विक्रम सुनाम गरी ११ सदस्यीय समिति रहेको छ ।

त्यसैगरी ‘बी’ टोल समितितर्फ अध्यक्ष अनु बुढा मगर, उपाध्यक्ष माया केसी, सचिव सुनिता सुनार, सहसचिव कल्पना सुनाम, कोषाध्यक्ष दिपा परियार र सदस्यहरूमा अञ्जली सुनार, मीना बस्याल, देवी बोहरा, नीर कुमारी परियार, बिष्णु तिरुवा, माया परियार, मिना श्रेष्ठ र देवी बस्याल गरी १३ सदस्यीय टोल समिती गठन गरिएको छ ।

कार्यक्रम हिमप्रसाद सुनामको अध्यक्षता तथा अमित कुमार सुनारको सञ्चालनमा सम्पन्न भएको जानकारी केन्द्रीय सदस्य कुल बहादुर बगालेले दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार