जालन्धर भैलो समापन समारोह सम्पन्न

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित जालन्धर नगर समितिको आयोजनामा खेलिएको २०७६ सालको प्रगतिशील देउसी भैलो कार्यक्रमको समिक्षा सहित समापन गरिएको छ ।

जितमान थापाको अध्यक्षता तथा लक्ष्मण खड्काको सञ्चालनबाट अगाडि बढेको समारोहमा विभिन्न अतिथिहरुको आसन ग्रहण गरिएको थियो ।

विशेष अतिथी केन्द्रीय समितिका कुल बहादुर बगाले र शुष्मा खडकाले प्रगतिशिल देउसी भैलो खेलेका एरिया, टोल, विभिन्न विभागका कार्यकर्ताहरु, रक्तिम साँस्कृतिक कलाकारहरुलाई प्रसंशा–पत्र दिएर सम्मान गर्नुभएको थियो । समारोहमा मूल प्रवाहलाई आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने कार्यकर्ता, समर्थक, तथा आम जनसमुदायलाई समेत धन्यवाद ज्ञापन गरिएको थियो ।

लक्ष्मी पुजाको दिनदेखि भाइटीकाको दिनसम्म दुइवटा टिमहरुद्धारा ३ दिन सम्म खेलिएको मूल प्रवाह नगरको भैलोको संयुक्त समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार