जालन्धर महिला नगर विभागको आयोजनामा तिजी कार्यक्रम सम्पन्न

सृजना बगाले

जालन्धर, ५ सितमबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर अन्तर्गत महिला बिभागको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम भव्य रूपमा सपन्न भएको छ ।

जमुना गाहाको सञ्चालन, मिना बगालेको अध्यक्षताबाट अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई गिता गुरुङले स्वागत गर्नुभएको थियो । कार्यक्रमको विधिवत उद्घाटन महिला केन्द्रीय विभाग कि सदस्य शुष्मा खड्काले रिबन काटेर गर्नुभएको थियो ।

उक्त तिजी कार्यक्रममा केन्द्रीय सदस्य कुल बहादुर बगाले, केन्द्रीय परिषद सदस्य लक्ष्मण खड्का, क्षेत्रीय सदस्य धन बहादुर गोर्खाली, नगर अध्यक्ष जितमान थापा, नगर समितिका दिल बहादुर गाहा, मधुकर भण्डारी, तिल बहादुर थापा, अमित सुनार लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

सो तिजी कार्यक्रममा छुट्टाछुट्टै एरियाहरुबाट दिदिबहिनीहरुले आ–आफ्ना शैलीबाट गीत प्रस्तुत गर्नु भएको थियो । सोही दौरानमा अखिल नेपाल महिला संघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न भर्चुअल तिजी कार्यक्रममा समेत लाइभ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार