जित सत्यको हुन्छ कामरेड

–जनकराज पौडेल

कुनै एक ब्यक्तिले क्रान्ति गर्दिने होईन
कामरेड !
सामुहिक पहलबाट हुने हो
नेतृत्व असफल होईन
कामरेड !
परिस्थितिमा निर्भर पर्ने हो ।

ब्यक्तिलाई दोष दिएर हुन्थ्यो त
कामरेड !
देशमा साम्यबाद आउन पर्ने हो
हिजो आरोप लगाउने कता छन्
कामरेड !
एक पटक विगत नियाल्न पर्ने भो ।

आरोपित हरु निरन्तर समर्पित छन्
कामरेड !
आरोप लगाउने धेरै टाढा पुगे
तपईसँग पनि भाका उनैको छ
कामरेड !
एक पटक हेर्नुस त उनी कहाँ पुगि झुके ।

भड्काउको राजनीति टिक्दैन
कामरेड !
सत्य आफ्नो ठाउँमा हुन्छ
भ्रम त्यहाँसम्म टिक्ला
कामरेड !
असत्यको बजार चल्छ
जब सत्यको ढोका खुल्छ
कामरेड !
जित सत्यकै हुन्छ ।

आवेगको प्रतिशोधले
युग बदल्लिन्न होला
कामरेड !
विवेक र संवेग पनि चाहिन्छ
लक्ष्यमा कुण्ठाले पुगिन्न
कामरेड !
राजनीति र विचार चाहिन्छ ।

मिहिनेत र विश्वासले मात्र उदेश्य पूरा हुन्छ
कामरेड !
निरन्तरता नै सफलताको आधार हो
विश्वास नै छैन भने त !
कामरेड !
आफैको लागि अन्याय हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार