जिल्ला समन्वय समितिका प्रमुख ढुङ्गानालाई कोरोना संक्रमण

बागलुङ । बागलुङका दुई जना जनप्रतिनिधिमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना र बडिगाड गाउँपालिका वडा नम्वर ६ का ३८ वर्षीय वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रमुख ढुङ्गानाको कन्ट्रयाक्ट ट्रेसिङमा कोरोना परीक्षण गर्दा कोरोना देखिएको हो । ढुङ्गाना केही दिन पहिले चितवन पुगेर आउनु भएको थियो । चितवनबाट फर्के लगतै होम क्वारेन्टाईनमा बस्नु भएका ढुङ्गानाको बागलुङ फर्केपछि अन्य व्यक्तिसँग उठबस नभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार