ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्क्याएको आरोप

  •   
  •  
  •  
  •  
  •  
  •  

104 जनाले पढ्नु भयो ।

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिएको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ ।

जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्क्याएको महासङ्घले जनाएको छ ।

केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको थियो । सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको “बाइलाइन” कार्यक्रमअन्तर्गत समाचार सामग्री प्रसारण भएपछि शाहीले असार १ गते पत्रकार श्रेष्ठलाई फोन गरी आफू र कार्यक्रमका प्रस्तोता बस्नेतलाई पनि अपशब्द प्रयोग गर्दै धम्क्याएको पीडित पत्रकारले बताएको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

“प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो” महासङ्घले भनेको छ– ‘महासङ्घ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *