झण्डै दूर्घटना भएन

तिकोना, २६ नोभेम्बर । चंडीगढ़देखि वुटवलको लागि हिडेको एभ्रेरेष्ट टुर एण्ड ट्राभल्सको वस उत्तर प्रदेशको वहराइच–वलरामपुर सडकखंडमा विहान ४ वजेर ३ मिनट जाँदा दुर्घटना हुनबाट बँचेको छ । यात्रीहरुले बताए अनुसार वस चालकको सुझबुझ पूर्वक ड्राइभिङको कारण बस दूर्घटना हुनबाट बचेको हो ।

‘अहिले हामी घटनास्थलदेखि करिव १० किलोमिटर टाढा सामुहिक चियापान पछि आगो तापेर अर्को गाडिको प्रतिक्षा गरिरहेका छौं ।’ बसमा यात्रा गरिरहेका हाम्रा संवाददाता खिमराज चालिसेले बताए– ‘कतिपय साथीहरुले फोन मार्फत जानकारी लिन चाहनु भएको छ, हामी सुरक्षित छौं ।’

४/५ जना सवारीहरुलाई सामान्य चोटवाहेक ठुलो क्षती नभएको बताइएको छ । सडकको वारपार गिट्टी राखिएकोले र कुहिरोको कारण सडक राम्रोसँग नदेखिँदा यस्तो हुन पुगेको वस चालकले यात्रीहरुलाई बताए ।

हालसम्म प्राप्त जानकारी अनुसार कृष्णनगरबाट अर्को बस घटना स्थलमा पुगी यात्रीहरुलाई आ–आफ्नो सम्बन्धित स्थानसम्म पुर्याइ सकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार