टाउन एरिया सम्मेलन सम्पन्न

चिदाम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चिदाम्बरम अन्तर्गत टाउन एरिया समितिको ११औं सम्मेलन सम्पन्न भएको छ । मोहराज शर्माको सञ्चालन तथा देबेन्द्र आचार्यको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा सहभागिहरुलाई चन्द्र बहादुर केसीले स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

सम्मेलनको उद्घाटन क्षेत्रीय सदस्य गोकुल बहादुर गायकले गर्नुभएको थियो । क्षेत्रीय समितिका सुर्यमान गिरी र रक्तिम क्षेत्रीय विभागका वालकृष्ण गायकले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

सम्मेलनले देबेन्द्र आचार्यको अध्यक्षतामा ७ पूर्ण, २ वैकल्पिक र २ सल्लाहकार गरि ११ सदस्यीय नयाँ समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– पदम बहादुर केसी, सचिव– मेघराज शर्मा, सहसचिव– मोहराज शर्मा र कोषाध्यक्ष– चन्द्र बहादुर केसी रहनुभएको छ । त्यस्तै सदस्यमा : प्रेम बहादुर केसी, अनन्त शर्मा, वैकल्पिक सदस्यमाः गोविन्द शर्मा र कौशिला केसी रहनुभएको छ । सम्मेलनले नेत्र गौतम र तिलाधर सापकोटालाई सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिलाई केन्द्रीय परिषद सदस्य हेम बहादुर गन्धर्वले बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार