तारापुरमा स्थापना दिवस मनाइयो

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत तारापुर नगर समितिको आयोजनामा ४० औं स्थापना दिवसको कार्यक्रम सम्पन्न पारेको छ ।

बोइसरको मंगलमुर्तिमा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्षता नगर अध्यक्ष खडक राइले र संचालन नगर समितिका ज्ञान प्रसाद भट्टराई गर्नु भएको थियो । कार्यक्रममा ज्ञात अज्ञात शहिदहरूको संझनामा एक मिनेट मौनधारण महिला बिभाग कि सुनिता नेवारले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा मध्य पश्चिम क्षेत्रीय उपाध्यक्ष टंक कुवर, मध्य पश्चिम महिला बिभाग सयोंजक रेनुका कुंवर, तारापुर नगर समितिका लेखनाथ पाण्डे लगायतले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार