तारापुरमा ४२औं स्थापना दिवस मनाइयो

  •   
  •  
  •  
  •  
  •  
  •  

151 जनाले पढ्नु भयो ।

टंक कुँवर,
तारापुर, ७ नोभेम्बर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिको आयोजनामा मुल प्रबाहको ४२ औं स्थापना दिवस भव्य रुपमा मनाइएको छ ।

नगर समितिका अध्यक्ष खडक राइको अध्यक्षता, अतिथि आशन ग्रहण गरे पश्चात, ज्ञात अज्ञात शहीदहरूप्रति १ मिनेट मौनधारण पछि तारापुर नगर समितिका उपाध्यक्ष लोकमणि पाण्डेले उपस्थित जनमानसलाई शब्दद्वारा र रक्तिमका कालाकारहरुले गितद्वारा स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मध्यपश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुवरले उद्घाटन मन्तव्य दिनुभएको थियो । मुल प्रवाहको स्थापना कालदेखि हालसम्म बिभिन्न किसिमका कठिनाईहरुका बाबजुद पनि भारत लगायत विभिन्न देशहरूमा छरिएर रहेका नेपालीहरुलाई सचेत र संगठित गर्दै जनता र राष्ट्रियताको लागि आवाज बुलन्द गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनेमा सुर्खेत जिल्ला राष्ट्रिय जनमोर्चाका धर्मराज उपाध्याय, रक्तिम केन्द्रीय बिभागका बोम सिंजपती, महिला बिभाग कि मध्यपश्चिम भारत क्षेत्रीय सयोंजक रेणुका कुँवर, तारापुर महिला बिभाग कि अध्यक्ष सुनिता पुन, बिभाग कि सचीव सुमित्रा नेवार लगायत अन्य साथीहरु रहनुभएको थियो ।

कार्यक्रमको सञ्चालन मध्य पश्चिम भारत क्षेत्रीय सहसचिब ज्ञान प्रसाद भट्टराईले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *