तिजी कार्यक्रम र महिलाका समस्याहरू

  • विन बहादुर रेग्मी

सामाजिक सञ्जालमा भाइरल तिजी गीत र नृत्य भिडियोमा लाइक कमेन्ट गरेर मनोरञ्जन गर्ने धेरैलाई थाहा नहुन सक्छ तीजको अवसरमा गाइने गीत र नृत्यको महत्व । यसो त मलाई पनि थाहा छैन, यसको धार्मिक महत्व के छ तैपनि प्रायजसो तिजी गीतमा महिलाका समस्या पीडा दुःख उत्पीडनलाई लय र भाका मिलाएर गाउने गरिएको पाईन्छ । गीतका सर्जक रचनाकारको शब्द भावको अर्थ बुझाइको अभावमा कतिपय अभिनय ज्यादातर टिकटकमा उछृंखल छाडा बोल्ड गरेर तमासा भिडियो भाईरल गरेका पनि छन् । त्यो एक प्रकारको सर्जक गीतकारको अपमान हो र तीज पर्व र संकृतिको पनि भद्दा मजाक हो । हामीले बुझ्नु पर्ने कुरा के हो भने गीतको भाव मर्म बुझ्ने र त्यही आधारमा अभिनय गर्ने सोच्छ पवित्र भावनालाई सम्मान र कदर गर्नुपर्छ ।

यसो त तीजी गीत कहिलेदेखि सुरु भयो ? किन सुरु भयो ? पूजापाठ हिन्दू तरिकाको रूपमा भए पनि नेपाली हिन्दूहरूले मात्रै तीज गीत गाउँछन् । अन्य समुदायका हिन्दुहरुमा त्यो प्रचलन पाइँदैन । त्यसकारणले पनि तीज पर्व नेपालीको मौलिक सांस्कृतिक एवं परम्परा हो भनेर दावा गर्न सकिन्छ । तीज गीतमा शब्दबोलमा पनि वर्गिय समाजको प्रभाव परेको पाइन्छ । पहिले पहिलेका गीतमा र अहिलेका गीतमा एउटा कुरा मिल्छ त्यो हो गीतका हरेक शब्दमा महिलाले भोग्नु परेका समस्या पीडा दुःख वेदनालाई गीति लयमा भनिन्छ । ढिकी, जाँतो, चुलोचौको वन पधेरा घास दाउरा गर्दा गर्दै जिन्दगी बिताउन विवस पीडा अझ वर्ष दिनको तीजमा पनि सासुले बुहारीलाई माइत जान नदिएको, दाई भाई लिन आउँदा पनि ससुरा र लोग्नेले जान नदिएको यस्तै यस्तै गीतहरू मादलको तालमा रंकिन्छन् ।

वर्गिय समाजमा विभक्त तीजगीतमा पुँजीवादी रुढीवादी धार्मिक कट्टर समुदायले यस्तै गीतहरू पारिवारिक साँघुरो घेरामा गाएर परम्परा जीवित राख्दै आएका छन् भने वर्गिय मुक्ति आन्दोलन हाक्ने क्रान्तिकारी समुदायले समस्या केलाएर समाधानको विकल्प दिने प्रयास पनि गरेका छन् । प्रगतिशील महिलाहरुले आफ्नो गीतमा आधा आकाश र आधा धर्ति ओगटेका महिलाहरुको समस्या भनेको पँुजीवादी पुरुषप्रधान मानसिकता हो, महिलाहरुले समस्याका गीत गाउने मात्रै होइन समस्या समाधान गर्न वर्गिय लडाइँमा टाउकामा कफन बाँधेर संघर्षको मैदानमा उत्रिएका छौं ।

आफ्नो अधिकार मागेर होइन खोसेर लिन हामी तयार छौं भन्दै गीतबाट गर्जिएको पाईयो । तीजको गीतमा नृत्य गरेर मेसेन्जर सम्पर्कमा आउँनु भएकी एक जना कमरेडले भन्नुभयो नाच्दा यति जोश आयो कि भुइलाई प्रतिक्रियावादीको छाती सम्झेर उफ्रीउफ्री नाचियो । मैंले सोधें आज त थाक्नु भएको होला ? उहाँको जवाफ थियो– आन्दोलन संघर्ष कार्यक्रममा थकान भन्ने हुँदैन । हामी प्रगतिशील क्रान्तिकारी महिलाहरूमा मार्क्सवाद लेनिनवाद माओविचाधाराको पथप्रदर्शक सिदान्तले ऊर्जा दिइरहेको हुन्छ ।

सलाम छ ति सबै क्रान्तिकारी महिलाहरुलाई । जसले मसालको रातो झण्डा बोकेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार