तिजी गित : यसपालीको तिज घरै बसी मनाऔं

जुना चालिसे

गाको छैन अझै पनि हावा सरी कोरोना ।
तीज आयो सबैलाई शुभकामना ।।
सधै तीज गाउने गर्थौं सँगी साथी जम्मा भै ।
यस पालीको तीज घरै बसी मनाउ है ।।
सुन्नु होला बाबा आमा अनी प्यारा दाजुभाई ।
बिमारीले सताएको गीत बरिलै ।।
आपत र विपतको बन्यो सबै शहर ।
आफ्नै गाउँ फर्कनेको लाग्यो लहर ।।

बर्षौंदेखि घर बिर्सी बसेकालाई विदेश ।
कोरोनाले बाध्य बनाई फर्के स्वदेश ।।
हिंड्दै डुल्दै मुर्छै परे मरे कति देखियो ।
यस पाली त आपतकै गीत लेखियो ।।
मजदुरीको रोजी रोटी सबै कुरा छिनियो ।
भन्न थाले आफ्नै देशमा जान हिडियो ।।
घर भीत्रै बन्दी जस्तो सबै मानीस थुनियो ।
कोरोनाले मान्छे मरे भन्ने सुनियो ।।
आफ्नालाई नि परैबाट भेट्नेसम्म गरायो ।
प्रवाशीले बल्ल नेपाल मनै परायो ।।
धेरै कुरा नराम्रो भो केही कुरा सिकायो ।
बर्षौंदेखि टाढीनेलाई गाउँमा झिकायो ।।

भत्किएका घरहरु गाउँमा पोत्ने गरायो ।
वाझा वारी, बाझा खेत जोत्ने गरायो ।
कतिलाई सडक पेटी घर नघाट बनायो ।
कैयौं शहर कोरोनाले सुन्य बनायो ।।

कति मरे फाँसी लगाई डिप्रेशनमा आएर ।
कति मरे विमारी मै विष खाएर ।।
कति हिंडे सडक पेटी भोको पेट पालन ।
मनकारी मानिस हिंडे राहत बाटन ।।
कतिलाई घरबेटीले सडकमा निकाले ।
कतिले परिवार झैं घरमै बसाले ।।
मठ–मन्दिर बन्द गरी सबै पैसा लुकाए ।
लाखौं लाख मजदुरले घाँटी सुकाए ।।

मूल प्रवाह अघि बढ्यो बाड्न भनि राहत ।
सहयोग गर्यो संगठनले सबलाई पर्दा आपत ।।
नेपालीको पीर नबुझ्ने रैछ हाम्रो राजदूत ।
प्रवासबाट कुरा बुझ्यौ हामीले अब त ।।
दश मिनट मै राहत दिने मिडीयाको बयान ।
बयान मात्र जनता माझ लागु भएन ।।
मिडीयाले झुटो बोलो चिप्ला चिप्ला कुरामा ।
मूल प्रवाहले राहात बाट्यो कुना कुनामा ।।

कतिपय संघसंस्थाले गरे ठुलो सह्योग ।
थाहा पायौं दूतावासको अति असहयोग ।।
बिमारीको डर नमानी पुग्यौं घरघरमा ।
मजदुरको दुःख देख्यौं शहर शहरमा ।।
जे भएनी संगै हिडौं हातेमालो गरेर ।
दुःखमा साथी बन्ने गरौं अघी बढेर ।।
कोरोनाको अन्त गरौं लगाएर लगाम ।
यो गितको अन्त्य गर्छु सवला सलाम ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार