तिजी गित : “रास्टघाति नेताको भर नपरौं”

नेता ज्युको भाषणमा हामी तालि पिट्दछौं
जे बोले नि उनै माथि बिस्वास गर्दछौं

जनताको नाममा पैसा निकास गर्दछन्
बिकास गर्ने भन्दा पनि पेट भर्दछन्

बुहुदल आको पनि धेरै भयो नि
हाम्रो देशको अर्थतन्त्र कता गयो नि

छिमेकीको बिकास हेरौं कति अघि गाको छ
हाम्रो देशको अबस्था झन कमजोर भाको छ

बिकाशका ठुला कुरा भाषणमा गर्दछन्
दबाई नपाई गाउँघरमा जनता मर्दै छन्

कति बर्ष भयो हाम्रो कालापानी गुमेको
फिर्ता लिनु पर्छ भनि खोई त बोलेको ।

नदिनाला कलकारखाना बेच्ने सरकार चाहिदैन
भारत–चीनले हाम्रो सीमा मिच्न पाईदैन

जातिवादका कुरा तिमी किन देशमा उराल्छौं
मिलेको समाजलाई किन फुटाल्छौ

गणतन्त्र आए पनि नेतालाई नै चयन
घुसखोरी र तस्करीले बस्नै भए न ।

स्वास्थ्य शिक्षा सुधार गर्ने कुनै नेता आएन
यो देशले एउटा ब्यक्ति किन पाएन ?

सधैं भरि बिदेशसँग किन सिर झुकाउछौ
जनताको थाप्लोको रिण कहिले चुकाउछौ

मिठा कुरा गरिगरि जनतालाई फसायौ[metaslider id=1330]
झुप्रोबाट तिम्ले आज महल बनायौ

हिमाल जस्तै अटल झण्डा तिम्ले आज झुकायौ
हिजो भन्दा आज देश तिम्ले सुकायौ

हिमाल–पहाड–तराई फुटाउने काम नगरौं
रास्टघाति नेताहरुको भर नपरौ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार