तिजी गित

  •   
  •  
  •  
  •  
  •  
  •  

37 जनाले पढ्नु भयो ।

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत केन्द्रीय महिला विभागको आयोजनामा भर्जुअल अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“नेपालको राजनीतिक आन्दोलनमा प्रवासी महिलाहरूको भुमिका” विषायक सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता एवं संघीय सांसद दुर्गा पौडेको प्रमुख आतित्थ्यता रहेको थियो । पौडेलले नयाँ संविधानले महिलाहरुलाई केही अधिकार दिएता पनि सम्पत्तीको रखवालाको रुपमा राख्न प्रावाधान अत्यन्तै पक्षपाति रहेको बताउनु भयो । “महिलाले आफ्नो नाममा सम्पत्ती राख्न पाउने भएता पनि बेच्नविखन गर्न नपाउने जुन व्यवस्था छ, त्यो अव्यवहारिक छ ।” पौडेलले भन्नु भयो– “संविधानमा भएका यसप्रकारका कम्जोर र असमान व्यवहारको हामीले विरोध गर्दै आफ्नो अधिकार सुनिश्चित गर्नु पर्दछ ।”

पञ्चायती व्यवस्था भन्दा गणतन्त्र तुलनात्मक रुपमा राम्रो व्यवस्था भएको पौडेलले बताउनु भयो । “पञ्चायती व्यवस्था भन्दा गणतन्त्र तुलनात्मक रुपमा राम्रो व्यवस्था हो, तर जबसम्म जनताको आफ्नो राज्य व्यवस्था कायम हुँदैन तबसम्मलाई मात्रै यसलाई सकारात्मक रुपमा लिन सकिन्छ ।” पौडेलले भन्नु भयो– “महिला पुरुष विचको विभेद अन्त्यका लागि वर्ग विहिन समाजको निर्माण हुनुपर्ने आवश्यक छ, जबसम्म बर्ग विहिन समाज निर्माण हुँदैन तबसम्म सम्पूर्ण शोषित पिडीतहरु आन्दोलनमा खटिरहनु पर्ने आवश्यकता छ ।”

पौडेलले नेपालको विभिन्न राजनीतिक आन्दोलनमा भारत प्रवासमा स्थापित भएको एकता समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको समेत बताउनु भयो । १२ मई १९८६ को आन्दोलनमा १२ जना महिला नेतृत्वहरु सहित ९६ जना नेता कार्यकर्ताहरुले लामो समयसम्म मुद्धा खेप्नु पर्यो त्यसले आम प्रवासी नेपाली महिलाहरुलाई संगठनको आवश्यकता संगठित आवाजको ताकतको बारेमा अवगत गराएको पौडेलको थप भनाई थियो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि अखिल नेपाल महिला संघ की केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद मिना पुनले भारत प्रवासमा संगठित भई स्वदेश फर्किनु भएका नेपाली महिलाहरुले नेपालको राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो ।

पुनले तीजमा श्रीमानको आयु बढाउन उपवास बस्ने पक्ष धर्म संस्कारको रुपमा आएता पनि वैज्ञानिक हिसाबले कहिं कतै मेल नखाएको बताउनु भयो । “श्रीमतिले उपवास बसेर, श्रीमानको आयु बढछ भन्ने कुरालाई कसरी विश्वास गर्न सकिन्छ ?” अध्यक्ष पुनले भन्नु भयो– “विज्ञानको तर्क अनुसार कहिले काहीं हामीले शरिरलाई निरआहार राख्नु राम्रो हो । त्यस हिसाबले जसले उपवास गर्दछ, उसैको आयु बढ्छ ।”

अझै पनि महिलाहरुलाई मासिक रुपमा हुने रजस्वलालाई समाजमा पापको रुपमा हेरिने गरेको पुनले बताउनु भयो । कर्णाली प्रदेशमा अझै पनि छाउपडि प्रथाले घर गर्दा कैयौंले अकाल मै ज्यान गुमाउनु परेको तितो यथार्थ समेत पुनले बताउनु भयो । “किशोरी तथा महिलाहरुलाई मासिक रुपमा हुने रजस्वलालाई पाप होइन, धर्मको रुपमा लिनु पर्छ ।”

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले पार्टी सम्बन्धि धारणा राख्नु भएको थियो । “विभिन्न खाले अवसरवादीहरु अनरगल आरोप र प्रत्यारोप लगाउने, पार्टीको गोपनियता भंग गर्ने कोशिस गरिरहेका छन् ।” पुरीले भन्नु भयो– “विगतमा पनि यस प्रकारका आरोपहरु पार्टी माथि लाग्ने गरेका छन् तर समयले उनीहरुलाई पाखा लगाई सकेको छ ।”

पञ्चायति व्यवस्थाको चरम उत्कर्षमा रहेको अवस्थामा गठन भएको एकता समाजले उत्पादन गरेका कार्यकर्ताहरुले नेपालको वामपन्थी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको प्रवक्ता पुरिले बताउनु भयो ।

त्यस्तै वामपन्थी नेता आनन्द शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेलेको महत्वपूर्ण भूमिकाले विश्वका विभिन्न देशहरुमा एकता समाज निर्माणमा महत्वपूर्ण सहयोग पुगेको बताउनु भयो ।

“वेलावेलामा एकता समाजमाथि प्रहार गर्ने जुन जमर्को गर्दै आएर र वर्तमानमा पनि विभिन्न छदम नामबाट त्यो  कोशिस जारि राखेका छन् ।” आनन्द शर्माले अगाडि भन्नु भयो– “सम्पूर्ण प्रकारका अवसरवादलाई समय मै चिन्दै भण्डाफोर गर्दै अगाडि बढ्नु पर्दछ” यो समयले दिएको जिम्मेवारी अब सबैले आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने समेत शर्माले जोड दिनु भयो ।

त्यस्तै राजमो केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेश सांसद तारा जिसीले हरितालिका तीजको अवसर पारेर मूल प्रवाह केन्द्रीय महिला विभागले राखेको अन्तक्र्रिया कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताउनु भयो । भारत प्रवासमा आफू पनि संगठित भई स्वदेश फर्किएको जिसीले बताउनु भयो ।

एकता समाजले कैयौं कार्यकर्ताहरु उत्पादन गर्ने गरेको र देशको राजनीतिकमा महत्वपूर्ण योगदान पुर्याएको जिकिर गर्नु भयो । ठूलो संख्यामा युवाहरु नै प्रवासिने भएकाले युवाहरुको संगठित आन्दोनलको मुहान नै एकता समाज रहेको जिसीको भनाई थियो ।

त्यस्तै राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापाले कार्यक्रममा मन्तव्य राख्दै– विगतमा आफूमाथि भएका समस्यालाई वेदनाको गितको रुपमा भावना प्रस्तुत गर्ने तीज वर्तमानमा विकृतीको रुपमा फैलिएको बताउनु भयो । “यो वर्ष त कोरोनाको कारणले तीज त्यती मनाइएन, तर विगतका वर्षहरुमा एक महिना पहेलेदेखि नै प्रतिस्पर्धाको रुपमा मनाइन्थ्यो ।” थापाले भन्नु भयो– “यसले नेपाली समाजलाई कहाँ पुराउला ?” थापाले आफूले लगातार रुपमा प्रदेश संसदमा महिला अधिकार र हकहितका बारेमा पार्टीका तर्फबाट आवाज उठाउँदै आएको समते बताउनु भयो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, अखिल नेपाल महिला स?त नेपाली एकता समाज (तत्कालिन, अखिल भारत नेपाली एकता समाज) को गठन पछि नेपालीहरूमा सामाजिक भावनाको विकास र हक अधिकारको लागि संघर्ष गर्ने राजनैतिक चेतनाको वृद्धी भयो । त्यसमा नेपाली महिलाहरू पनि पछाडि छैनन् ।

सामान्ती शोषणको शिकार नेपाली जनतामा राजनैतिक चेतना जागृत गर्नु सामान्य कुरा थिएन । त्यो वेला सामाजिक विकृती र विसंगतीका कारण नेपालीहरूमा संगठित हुन चाहन्नथे । त्यो अवस्थामा उनीहरुलाई हकअधिकारका लागि संगठित गर्नु अत्यन्तै आवश्यकता थियो । संगठनको नीति, सिद्धान्त र त्यसलाई लागु गराउन अग्रसर कार्यकर्ताहरूको अथक प्रयासबाट संगठन अगाडि बढ्यो । नेपालीहरूको हकहितका लागि अनेकन आन्दोलनहरू भए जसमाः दिल्लीको सुमित्रा हत्याकाण्ड, गान्धी नगरमा तन्दुर हत्याकाण्ड, पञ्जाबमा पोल्ट्रीफार्म काण्ड, नोएडामा हेमराज आरूषी हत्याकाण्ड, रोहतक निर्भया काण्ड, पुर्वोत्तर भारतमा नेपालीहरू माथि भएको अन्याय अत्याचार र नेपालीहरुलाई भगाउने षडयन्त्र लगायतका कैयौं घटनाहरूका विरुद्ध नेपालीहरूका हकहितका लागि आन्दोलन भए । ति आन्दोलनका नेतृत्व स्वयं एकता समाजले गरेको थियो ।

भारत स्थित नेपालीहरूको आन्दोलन भारत स्थित नेपालीहरूको अधिकारको लागि मात्र नभई नेपालको राजनैतिक आन्दोलनमा समेत अग्रपंक्तीमा उभिने गरेको छ । तानाशाही पञ्चायती व्यवस्थाको बिरूद्धको १२ मई १९८६ को दिल्लीमा भएको जुलुस प्रर्दशनमा सरकारले दमन गर्यो, त्यसमा १२ जना महिलाहरू सहित ९६ जनालाई गिरफ्तार गरेको थियो । पञ्चायती व्यवस्थाको पतनपछि पनि लामो समयसम्म दिल्लीको तीस हजारी र पटीयाला हाउस अदालतमा मुद्धा चलाइएको थियो । त्यसका अलावा २०४५÷४६ सालको जनआन्दोलन, २०६२÷६३ सालको महान जनआन्दोलन, प्रवासी नेपालीहरूलाई मताधिकारको आन्दोलन, संघीयता विरूद्धको आन्दोलन लगानतालाई लाई अति सतायो ।।

 

सालौ देखि विभेद भोग्दा कति पिडा भयहोला ।

पिडा भन्ने कस्तो रैछ थाहा भयहोला।।

सामन्ती संस्कारले सालौदेखी सतायो।

कुहिएको संस्कार बल्ल गनायो।।

मान्छेले मान्छेलाई माया लाउन नपाउने ।

माया लाय बापत बाच्न नपाउने ।।

रुकुमको घटनाले सारा देश रुहायो।

सुतेका जनतालाई बल्ल जगायो।।

 

जागौ है साथि हो हुन्न चुप बसेर।

समानताको लडाइ लडौ कम्मर कसेर।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *