तिज कै दिन चेन्नईमा नेपाली चेलीद्वारा आत्महत्या

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

5300 जनाले पढ्नु भयो ।

चेन्नई । यसपालीको तीज कोभिड– १९ का कारण सार्वजनिक स्थलमा मनाउन नपाउँदाको पिडा जो कोहि नेपाली महिलाहरुको चेहेरामा झल्किएको थियो र अझै पनि कायम छ । तर पनि घरमा चेलीबेटीको उपस्थिति र विगतमा सम्पन्न तिजका फोटाहरु र भिडीयोहरु सामाजिक सञ्जालमा पोष्ट गरि तीजमय बन्दै थियो ।

महिलाहरूले राम्रोसँग तीज मनाउन नपाउँदाको पिडा र व्यग्रतालाई मनमै साँचेर आगुम साल धुमधामसँग मनाउने प्रतिवद्धता र मनमोहक सपनाहरु साँचेका स्टाटस र कमेन्टहरु सामाजिक सञ्जालमा खुबै कस्सि कस्सि पोष्ट गरिरहेका थिए । साहेद यसको विकल्प पनि थिएन । सम्पूर्णले आ–आफ्नो पिडा र व्याग्रतालाई थन्काइरहको परिवेश थियो ।

तर अमृता केसीले भने त्यो पिडालाई थन्काउन सकिनन्, थन्काइन त उनले कसैले चाहेर पनि पाउन नसकिने जीवन । उनले आफ्नै कोठामा झुण्डीएर आत्माहत्या गरिन् । मृतक अमृता रूपा गाउँपालीका ६, कास्की निबासी अमृत केसीकी कान्छी श्रीमती थिइन् । उनीहरु हाल भारतको तामिलनाडु राज्यको राजधानी चेन्नईस्थित प्यारीसमा कार्यरत रहनुका साथै सोही स्थानमा रहँदै आएका छन् ।

३६ वर्षकी अमृता केसीले २० अगस्त २०२० (४ भाद्र २०७७) का दिन करिव २ बजे अपराह्न आत्महत्या गरेको बताइएको छ । मृतकका श्रीमान अमृत केसीले करिव २.३० बजे मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याललाई फोन सम्पर्क गरि राजीव गांधी अस्पतालमा बोलाएका थिए । बस्यालले अमृतसँग घटनाको बारेमा बुझ्ने कोशिस गर्नुभएको थियो ।

स्थानीय प्रशासनका अनुसार राजीव गान्धी अस्पतालले अमृता केसीलाई मृत घोषणा गरेको थियो । प्यारीसको वि १, नार्थ विच पोलिस स्टेशनका इन्सपेक्टर श्री के. सेनगुट्टुवनको टिमले घटना बारे अमृत केसीसँग आबश्यक पूछताछ र जानकारी लिई एफआइआर दर्ज गरेको थियो ।

पोलिस स्टेशनमा प्रशासनिक तथा अस्पतालमा आवश्यक प्रक्रिया पुरा गरि २१ अगस्त २०२० तीजका दिन ४ः३० बजे आफन्तजन र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरूको उपस्थितमा नुंगामबाक्कुम संशान घाटमा अमृता केसीको अन्तिम दाहसंस्कार गरिएको छ ।

दाहासंस्कारमा केन्द्रीय सदस्य महेन्द्र बस्याल, क्षेत्रीय सदस्य ज्योतिनारायण शर्मा, उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, चेन्नई उत्तर नगर सचिव मोहराज सुवेदी, बुद्धि थापा, नारायण खड्का, कृष्ण थापा, भिम बहादुर कुंवर र बिष्णु क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

महिलाहरूको महानपर्व हरितालिका तीजको समयमा एक नेपाली चेलीको दुःखद निधनले हामी सबैलाई मर्माहित र दुःखी तुल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *