तिमि कसरी हाम्रो छिमेकी ?

जनक पौडेल (पाण्डेचरी)

मेरो घरको धुँरी भुकम्पले
भाँचिएको बेला
सारा सन्तान माटो मुनी
थिचिएको बेला
सहयोगको वाहनामा
घरको कुनाँ काच्चा चहाँरी
साँचो कूचो हात पार्न
गिद्धे नजर लगाई हिड्ने ।
तिमि कसरी हाम्रो छिमेकी?
विपत्तीको मौका छोपी
दानापानी रोकि दिने
रोगले छट्पटाउदाँ
दवाई पानी छेकि दिने
सिमानामा गुण्डा पाली
आमा लाई ठोकी दिने।
अनि तिमि कसरी हाम्रो छिमेकी ?
महा संकटको मौका छोपी
हाम्रो भुँमि लुटी दिने
सपूतहरुले विरोध गर्दा
गोली बर्षाई भुटी दिने
हाम्रो दुःखमा सधै
मस्ती गर्दै आएयौ
त्यसैले
तिमि असल छिमेकी हँुदै होईन
साच्चै दुष्ट भयौं ।।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार