तिमी साच्चै महान छौ

जनकराज पौडेल (रेशम), पाण्डेचरी

आस्था तिमी कति निडर छौ
सयौ प्रहार, हजारौ चुनौती
बर्षिदाँ पनि बल्झाउन
जालहरु बुनिरहदाँ पनि
बल्छिमा पार्न
अनेक प्रयास् गरिरहदाँ पनि
आखाँ छल्दै ब्यवधान पन्छाउदै
भ्रमहरु सह्रर्ष च्यात्दै
तिम्रो दृढता र आत्म विश्वास
सामू सबै नकाम हुँदै जाने
आस्था तिमी महान छौ ।

ज्वारभाटा सहित आँधी आउदाँ
वेमौषमी हुरी चल्दाँ
दुरुस्तै रंग रुपहरु देखा पर्दा
कृतिम भनि छुट्टाउन सक्ने
अरु दृढता प्रर्दशन गर्न सक्ने
सत्यको मार्गमा अडिक रहने
आस्था तिमी साच्चै महान छौ ।

तिम्रो अदम्यता प्रति सम्मान छ
तिम्रो दृढता प्रति सलाम छ
नरभक्षिहरु संग झुक्दै नझुक्ने
तगलाँ देखि यात्रा नरुक्ने
सत्यको मार्गमा निरन्तर वढ्ने
दुश्मनका सामू कहिल्यै नझुक्ने
आस्था तिमी साच्चै महान छौ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार