तिलको पहाडमा नरमाऔं : साँसद जिसी

१९ जेष्ठ, बुटवल । प्रधानमन्त्री ओलीको स्वच्छाचारी एवं प्रतिगामी कदमका विरुद्ध बनेको गठबन्धनलाई अवसरवादी, अपवित्र गठबन्धन भनेर आत्मसंतुष्टीका लागि तिलको पहाडमा नरमाउन कटाक्ष गर्नु भयो । आजबाट प्रारम्भ भएको लुम्बिनी प्रदेशको आठौं अधिवेशनमा आफ्नो पार्टीको धारणा राख्दै राष्ट्रिय जनमोर्चाको प्रदेश साँसद तारा जिसीले भन्नु भयो । गठबन्धन दलका आ–आफ्नै सिद्धान्त, राजनीति मुल्य र मान्यता भएको पनि जिसीले थप्नु भयो ।

“मतभेद छन्, असहमति छन् र पछि पनि रहिरहन्छन् जुन स्वभाविक हो ।” जिसीले भन्नु भयो– “तर पनि तात्कालिक मुद्दामा एकजुट भएर संघर्ष गरेका दर्जनौं उदारण पनि छन् ।”

गणतन्त्र, संविधान, राष्ट्रियता, धर्मनिरपेक्षता लगायत संघर्षका उपलब्धिहरू ओली सरकार र त्यसका मतियार प्रदेश सरकार समेतबाट धरापमा परेका र देशमा प्रतिगामी तथा विदेशी शक्तिहरु सल्वलाई रहेको अवस्थामा देशको अस्तित्वको रक्षा गर्न र विधिको शाशन कायम राख्न गठबन्धनको आवश्यकता भएको बताउनु भयो ।

‘लामो समयदेखि प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक जननिर्वाचित संस्थालाई असंवैधानिक ढंगले विघटन गरेर अध्यादेश बाट ल्याइएको छ’ जिसीले भन्नुभयो, ‘आफ्नो सत्ता जोगाउन गैरनेपालीलाई नागरिकता बाँडेर देशलाई फिजी र सिक्किमीकरणको दिशामा पुर्याउन खोजिएको छ ।’ उहाँले विदेशीलाई खुसी पारी सत्ता लम्बाउने सरकारको प्रयासप्रति भर्त्सना गर्दै तत्काल यो अध्यादेश फिर्ता गर्नसमेत माग गर्नुभयो । वास्तविक नेपालीहरू नागरिकताबाट वन्चित हुन नहुनेमा उहाँले जोड दिनुभयो । सरकारको नियत नै ठीक नभएको भन्दै दिर्घकालिन महत्त्वका विषयमा निर्णय गर्ने अधिकार यो सरकारलाई कस्ले दियो ? भनी प्रश्न उठाउनुभयो ।

जिसीले ओली र उनका मतियार प्रदेश सरकारहरु हटाउन आवश्यक रहेको भन्दै आफ्नो पार्टीले प्रतिगमविरुद्ध आउने सबैसँग सहकार्य गर्ने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस सहितको गठबन्धनलाई ‘तिलको पहाड’ नबनाउन चेतावनी पनि दिनुभयो ।

‘गठबन्धन दलका आ–आफ्नै सिद्धान्त,राजनीति मुल्य र मान्यता छन् । मतभेद छन्, असहमति छन् र पछि पनि रहिरहन्छन् जुन स्वभाविक हो। तर पनि तात्कालिक मुद्दामा एकजुट भएर संघर्ष गरेका दर्जनौं उदारण पनि छन्’ उहाँले भन्नुभयो, ‘त्यसकारण गठबन्धन बारे ‘तिलको पहाड’ बनाउनु आवश्यक छैन । ‘गणतन्त्र, संविधान, राष्ट्रियता,धर्म निरपेक्षता लगायत संघर्षका उपलब्धिहरू ओली सरकार र त्यसका मतियार प्रदेश सरकार समेतलाई हटाउनुपर्ने आवश्यकता छ ।’

उहाँले थप्नुभयो, ‘देशमा प्रतिगामी तथा विदेशी शक्ति सल्वलाई रहेको अवस्थामा देशको अस्तित्वको रक्षा गर्न र विधिको शाशन कायम राख्न यस्तो प्रवृत्ति हटाउन हामी सबैको कर्तव्य र जिम्मेवारी हो, गठबन्धन त्यसैको प्रयास हो भनी बुझ्न जरूरी छ ।’

सांसद जिसीले प्रदेश सभाको अधिवेशन बोलाएकोमा प्रदेश सरकारलाई धनयवाद दिँदै जनताको अवस्था बुझ्न सुझाव पनि दिनुभयो । भोली सरकारको विनियोजन विधेयक,२०७८ का सिद्धान्त र प्राथमिकतामा छलफल केन्द्रित हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार