विष्णु शर्मा, पाण्डेचरी
सत्ताको दाउपेचमा नेताहरु भुलनी,
देशको बिकास,सुरक्षा कसले गरनी ।
आधा आकाश आधा धर्ती ओगटेका नारीलाई,
शुरक्षित बाच्न गार्हो भयो बरिलै ।।
घरमै मन्दिर बनाइ पुज्झन् निर्जीव देबिहरुलाई,
सधैं भरि अत्चार छ ज्युदा हामीलाई ।
घरको कामले ठिक्क छ हस सरकार भन्दै,
फेरि पनि बेरोजगारको टीका बरिलै ।।
गर्बमा नै जाँच गरिन्छ छोराको आस गरेर,
छोरी भए भ्रुण मै फाल्छन् मारेर ।
शिक्षामा थोरै बिकाश सहरमा भएको,
बिकटमा सामान्ती संकार उस्तै रहेको ।।
आज पनि कुनै ठाउँमा झुमा प्रथा छल्दछ,
तोड्ने आट गर्यो कि आगो बल्दछ ।
छाउपडि प्रथा पनि छन् कुनै ठाउँमा,
बलात्कारका चीत्कार आउछन् गाउँ गाउमा ।।
कति चेली बिरामी छन् चिसो गोठमा बसदा,
कति मर्छन् गोबन सापले डसदा ।
बोक्सी भनी कति नारी कुटपिटमा परेका,
नारीले नै नारीले शोषण गरेका ।।
खुले आम दाइजो प्रथा इज्जतको नाउँमा,
कति ? चेली मारेका छन् गाउँ गाउँमा ।
कति ? घरका बुहारी छन् अत्याचारको मारमा,
अमानबिय प्रताडना आफ्नै घरमा ।।
आफ्नैबाट बिक्री हुन्छन् रोजगारको नाउँमा,
कति ? चेलि गाएब भाछन् गाउँगाउँमा ।
सरकारलाई ठिक्क सधै मागेर खानलाई,
मरिहत्ते हुन्छ बिदेश भ्रमण जानलाई ।।
बाडी पैरो कति गयो लाउन्नन् यीनले नजर,
यीनले गर्दा उर्भर भुमि पर्यो बगर ।
चेतनाको संदेश बोकी गाउँगाउँ जाने बेलामा,
नेता लाउछन् देशलाई नै बेच्ने खेलमा ।।
यी नेताक्को भर परि हुदैन है नारी हो,
इनलाइ खबरदारी गर्ने तिमी हामी हो ।
ज्यानै लिने कुसंस्कार सजाइ बस्ने हैनहै,
अघि बढ्नुको बिकल्प अब छैन है ।।
बढौ अघि चहराएका घाउमा लाउँदै मलाम,
यो गितको अन्त भयो लाल सलाम ।।
।समाप्त।