तुइन प्रकरणका अपराधीलाई कारबाही गर्न मसालको माग

  •   
  •  
  •  
  •  
  •  
  •  

617 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले महाकाली नदी तर्ने क्रममा तुईन काटेर नेपाली युवालाई बेपत्ता बनाउने अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रवक्ता रामप्रकाश पुरीले शनिबार विज्ञप्ति प्रकशित गरी भारतीय पक्षबाट भएको सो अमानवीय कार्यको निन्दा गर्दै घटनाको छानबिन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

वैदेशिक रोजगारीका लागि भारतीय बाटो हुँदै काठमाडौं आउन लागेका दार्चुलाका युवक जयसिंह धामी महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा महाकालीमा बेपत्ता भएका छन् ।

प्रवक्ता पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्दै गर्दा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएकोले नदीमा बगेर बेपत्ता भएका छन् । भारतीय पक्षबाट भएको त्यस प्रकारको अपराधिक कार्यको हाम्रो पार्टीले घोर भ्रत्र्सना र निन्दा गर्दछ । भारतीय पक्षबाट भएको उक्त अपराधिक र अमानवीय कार्यसम्बन्धी आवश्यक छानबिन गरी अपराधीलाई कारवाहीको दायरामा ल्याउनका लागि तुरुन्त कदम उठाउन हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *