तुल बहादुर परियारप्रति भावपूर्ण श्रद्धान्जली
8265 जनाले पढ्नु भयो ।
तिलक राना
हैदराबाद । हैदराबादमा मुल प्रवाहको एक जना कार्यकर्ता एवम खेलाडीको निधन भएको छ । उनी बागलुङ जिल्ला बरेङ्ग गाउपालिका २ हुग्दीसिर घर भै लामो समयदेखि हैदराबादमा परिवार सहित रोजगारी गर्दै आएका थिए ।
मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदराबाद उत्तर नगर समितिद्वारा सञ्चालित जुब्ली हिल्स वि एरिया समितिका सदस्य तथा एक कुसल भलिबल खेलाडी तुल बहादुर परियारको ४२ बर्षको अल्पायुमा १६ फरवरी २०२१ का दिन उपचारको क्रममा हैदराबादस्थित गान्धी अस्पतालमामा निधन भएको हो ।
बिगत २ बर्षदेखि प्यारालाइसेस, डाइबेटिज, किडनी समन्धी बिमारबाट ग्रसित तुल बहादुर परियारलाई बचाउन परिवारको ठुलो कोशिस रहे पनि उनी हामी बिच रहेनन् । उनका एक छोरा, २ छोरी र श्रीमती हुनुहुन्छ ।
स्थानीय पञ्जागुटा संसानघाट्मा अन्तिम संस्कार गरिएको छ । मूल प्रवाह जुब्लिहिल्स एरिया समितिले श्रद्धाञ्जली सभा पनि गरेको छ ।
एरिया सचिब केदार शर्माको सञ्चालन, चन्दा परियारको अध्यक्षतामा अगाडि बढेको सो श्रद्धाञ्जली सभामा तुल बहादुर परियारप्रति एक मिनेट मौनधारण गरिएको थियो । उक्त सभामा क्षेत्रीय सचिबालय सदस्य घनश्याम शर्मा, मध्य नगर समितिका सदस्य कुमार थापा, उत्तर हैदराबाद नगर कोषाध्यक्ष तेजेन्द्र शर्मा, उत्तर नगर समितिका खिम बहादुर परियार र आफन्तजन शेर बहादुर परियार र नारायण बर्माले शोक मन्तव्य द्वारा श्रद्धाञ्जली दिनु भएको थियो ।