त्यो पर्दैन 

हेम विजी

म संविधान मिच्ने काम गर्दिन
“ गर्दिन “ त्यो पदैन
म कानुनको भ्रमजाल छर्दिन
“ छर्दिन “ त्यो पर्दैन !

म चुच्चे नक्शा जग्गा फर्काउछु
“ फर्काउछु “ त्यो पर्दैन
म रअ एजेन्ट भेट्न तर्काउछु
“ तर्काउछु “ त्यो पर्दैन !

म सत्ता र कुर्ची मात्र हेर्दिन
“ हेर्दिन “ त्यो पर्दैन
म अध्यादेश लिएर कानुन फेर्दिन
“ फेर्दिन “ त्यो पर्दैन !

म संसद विघटन गर्ने छैन
“ छैन “ त्यो पर्दैन
म मध्यावधिमा जाने सोच हैन
“ हैन “ त्यो पर्दैन !

म जनता प्रतिको विश्वास तोड्दिन
“ तोड्दिन “ त्यो पर्दैन
म भ्रष्टाचारी र भूमाफिया छोड्दिन
“ छोड्दिन “ त्यो पर्दैन !

म संसदमा विश्वासको मत लिन्छु
“ लिन्छु “ त्यो पर्दैन
म जनताले मागेमा राजीमाना दिन्छु
“ दिन्छु “ त्यो पर्दैन !

म उदघाटनमा समय फाल्दिन
“ फाल्दिन “ त्यो पर्दैन
म सत्ताको मात्र खेल खेल्दिन
“ खेल्दिन “ त्यो पर्दैन !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार