दक्षिण भारतमा भीषण चक्रवातको सम्भावना, सरकारी कार्यालय र यातायात बन्द

लोकेन्द्र पौडेल, चेन्नै ।

दक्षिण भारत अन्तर्गत तामिलनाडु पोदुचरी लगायतका स्थानहरुमा चक्रवाती तुफान आउने सम्भावनाका कारण सर्वसाधारणलाई सजग पारिएको छ । यस क्षेत्रमा हिजैदेखि भारी वर्षा भइरहेको छ ।

वर्षासँगै चक्रवाती तुफान आउने मौसमविदको चेतावनीपछि तामिलनाडु सरकारले सबै कार्यालय एवम् कम्पनीहरु बन्द गर्ने निर्णय गरेको छ भने सार्वजनिक यातायात लगाएत व्यपारिक स्थलहरु मंगलबार दिउँसो १ बजेदेखि नै बन्द रहेका छन् ।

मौसम विभागका अनुसार चक्रवाती तुफान आज दिउसो १ः३० बजे देखि १६० किलोमिटर प्रति घण्टाका दरले चेन्नैको तटीय क्षेत्र हुँदै पुदुचरीदेखि बंगालको खाडिसम्म पुग्ने अनुमान गरेको छ ।

बंगालको खाड़ीबाट उठेको यस तूफ़ानका कारणबाट कयौं इलाकामा भारी वर्षा हुने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार