दक्षिण भारत क्षेत्रमा मूल प्रवाहको प्रशिक्षण कार्यक्रम सम्पन्न

190 जनाले पढ्नु भयो ।

जनक राज पौडेल,

दक्षिण भारत, २२ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा अनलाईन माध्यमद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

महेन्द्र बस्यालको अध्यक्षता, जनक राज पौडेलको सञ्चालन, रहेको उक्त कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहन बिक्रम सिंह, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी, राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माको आतित्थ्यता रहेको थियो । त्यस्तै मूल प्रवाह केन्द्रीय समिति अध्यक्ष दुर्गा बहादुर केसी, महासचिव ठाकुर खनाल, उपाअध्यक्ष कपिल खनाल, देव बहादुर लामिछाने, सदस्य मदन शर्मा, भगवति कुवर, मदन भण्डारी, बैकल्पिक सदस्य चोवनाथ शर्मा, सल्लाकार तथा नेपाली समचार पत्रिका सह–सम्पादक धनवीर पुन, सल्लाकार मोहराज चालिसे, केन्द्रिय सल्लाकार केवी थापा रहनु भएको थियो ।

ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई क्षेत्रीय सह–सचिव रामसिंह विकले शब्दद्धारा स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आफ्नो पछिल्लो स्वास्थ्य अबस्था बारे कार्यकर्ताहरुका चासो र चिन्ता बारेका जिज्ञासा, मेटाउने प्रत्यन्न गर्दै, भारतमा मूल प्रवाह अखिल भारत नेपाली समाजको स्थापनाकाल स्मरण गर्दै, संगठनले खेल्दै आएको भुमिका र नेपालमा चल्ने जनतान्त्रिक आन्दोलनमा मूल प्रवाहको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।

संगठनको नीति कार्यक्रम र नेतृत्व सक्षम रहेको र त्यसलाई आत्मबोध गर्दै अघि वढ्दा लक्ष्य प्राप्त हुनेमा दृढ विश्वास गर्दै सबै प्रशिक्षार्थीहरुलाई निरन्तर खट्न राजमो अध्यक्ष केसीले सुझाव दिनु भयो । लगत्तै वुदाँगत रुपमा प्रशिक्षण शुरु भएको थियो ।

जनबादी केन्द्रियता र अनुशासन बारे महामन्त्री मोहन बिक्रम सिंहले प्रशिक्षण दिनु भएको थियो । त्यसै गरि जनमोर्चाका नेता आनन्द शर्माले देशको समसामायिक राजनीति परिस्थिति र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेल्नु पर्ने भुमिका बारे प्रशिक्षण दिनुभएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सल्लाकार तथा नेपाली पत्रिका सह–सम्पादक धरवीर पुनले संगठनको प्रकाशन र त्यसको महत्व बारे प्रशिक्षण दिनु भएको थियो ।

विषय केन्द्रीत प्रशिक्षण कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गतका अधिकांश नगर समिति, सदस्यहरुको सहभागि रहेको थियो । प्रशिक्षणमा केहि समय प्रश्न उत्तर कार्यक्रम पनि चल्यो । कतिपय अस्पष्ट भएका विषयहरुमा, प्रश्न कर्ताहरुलाई सम्बन्धित प्रशिक्षकहरुले स्पष्ट पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *