दक्षिण भारत क्षेत्रीय भेलाले तिलमिलाएका छन्

  •   
  •  
  •  
  •  
  •  
  •  

797 जनाले पढ्नु भयो ।

  • धर्मराज शर्मा

दक्षिण भारत क्षेत्रीय समितिको नबौं सम्मेलन पछिको प्रथम भेला कैयौँ कार्यकर्ता तथा शुभचिन्तकहरुको सरसल्लाह सुझाब पछि आ–आफ्ना कार्यक्षेत्रका जिम्मेवारी बहन गर्दै पुर्ण रुपमा सफलता भएको छ । भेलामा सुनौला सपना बोकेका कैयौं नेता, कार्यकर्ता शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । १० जुलाईका दिन साँझ ठिक ६ः०० बजेदेखि भर्चुअल माध्यमबाट भेला कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, वामपन्थी नेता आनन्द शर्मा, महासचिव ठाकुर खनाल, केन्द्रीय सचिवालय सदस्य धनवीर पुन लगायत धेरै अग्रज ब्यक्तित्वहरुको आतित्थ्यता रहेको थियो । भेलाको उद्घाटन र उद्घाटन मन्तव्य विधिवत रुपमा केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले राख्नुभएको थियो । भेलालाई आनन्द शर्मा, ठाकुर खनाल, धनवीर पुनले शुभकामना दिनुभएको थियो ।

समयको गतिसँगै निष्पट अँधेरोरात चिर्दै कार्यक्रम अगाडि बढिरहेको बेला अचानक फोनको घण्टि बज्यो फोन उठाउँदै आवाज आदान प्रदान सँगै संगठन बिरोधी तत्वहरुले चिहाई रहेको दृष्य सहयात्री साथीलेदेखि पछि उनीहरुलाई आफ्नो दृश्य प्रष्ट देखाउन अनुरोध गरि उक्त दृश्य प्रष्ट देखाए । आफ्नो सहनशिलता कमजोर भएको महसुश गरेर होला सामाजिक सञ्जालमा कथित भेलामा कार्यकार्यणीहरुमा बिबाद भनि सामाजिक सञ्जाल अतिरञ्जित गरे । कार्यक्रम आफ्नो रफ्तारमा गन्तव्य तिर लम्किरहयो ।

बिहानीको सुनौलो गन्तब्यको ईन्तजारसँगै मूल प्रवाहको प्यानल प्रस्तुत गरिएको थियो । भेला तथा सम्मेलनमा प्रतिनिधिहरुले स्वतन्त्र रुपमा छलफल गर्ने गर्दछन् । सोही अनुसार विधि, बिधान, पद्वति एवं जनवादी केन्द्रीयतामा आधारित रहि व्यापक छलफलमा नै भेला कार्यक्रम सम्पन्न भएको थियो । केन्द्रबाट आएको नीतिलाई कार्यान्वयन गर्ने र प्रतिनिधिहरुलाई छलफलमा स्तन्त्रता दिनु नै जनवादी केन्द्रीयता हो । यदि कुनै प्रतिनिधिले भेला वा सम्मेलनमा छलफल गर्दछ भने त्यसलाई विवाद भनिंदैन । केही व्यक्तिहरुले उक्त भेलामा भएको छलफललाई विवादको रुपमा बुझेको र फेसबुक वाल समेत रंग्याएको पाइयो ।

प्रवासीयका गरिब, दुःखी, मजदुर, किसान, असाह्य नेपालीहरुको हकहित र अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ईतिहास बोकेको संगठनलाई कतिपय अराजक नैतिकताहिन, महत्वकांक्षी तत्वहरुले इमान्दार कार्यकर्ताहरुलाई भ्रम पार्ने कोशिस गरेका छन् । कतिपय सर्बसाधारण मजदुरहरुलाई गोटी बनाएर आर्थिक आर्जन गरि आफ्नो महात्वाकांक्षा पुर्ति गर्ने उद्वेश्यका साथ लागिपरेको उनीहरुका गतिबिधिले देखाउँदै आएको छ । भेला पछि कार्यकारीणीको नामावली प्रस्तुत भयो ।

उपस्थित कार्यकर्ता शुभचिन्तकहरु सबैले सर्वसहमतका साथ पारित गरे, मूल प्रवाहका साधारण सदस्य समेत नरहेका मूल प्रवाह विरोधी व्यक्तिहरुले फेसबुकको वाल रंगाउन थाले । कथित भेला भनेर हल्ला चलाए । केहिछिन बित्न नपाउँदै एकजना ब्यक्तिले मेरो नाम सहित ति महान आमा दिदी बैनीहरुलाई अपमानित गर्दै एकदमै तल्लो दर्जाको टिप्पणी गरे । मलाई “महिलाहरुले भन्दा पनि धेरै टिकटक गर्ने, सांगठनिक भन्दा ब्यक्तिबादलाई केन्द्रबिन्दु बनाउने” भन्दै टिकटकेको उपनाम (न्वारान) गरि आफ्नो सामाजि सञ्जाल वाल रंगाउँदै आसेपासेहरुलाई खुशि पार्ने कोशिस गरे । तर यति भनिरहँदा उनलाई यो ध्यान भएन कि कुनै पनि व्यक्ति जन्मदै नेता भएर जन्मँदैन । समय, परिवेश र अवसर मान्छेलाई नेता बनाउँछ । त्यसका लागि सहित सिद्धान्त, नीति र कार्यक्रमको आवश्यकता पर्दछ ।

आज भोलिका उनीहरुको गतिबिधि हेर्दा यस्तो महसुश हुन्छ । कि मैले नीति, सिद्वान्त र पद्वतिको प्रतिरक्षाको लागि जानि नजानि उठाएका स–साना आवाजहरु ईतिहासका कुनै एक कुनामा अबश्य रहनेछन् । आशा नलागेको पनि हैन, तर बिरोधीहरुले आत्मसन्तुष्टिका लागि गरिएका ब्यक्ति विषेश चरित्रहत्याको गर्ने दौरानमा मलाई मात्र कहाँ होर मसँगै नब निर्बाचित सहयात्री साथिहरुलाई समेत विभिन्न पारिवारिक बिषयहरु समेट्दै प्रत्येक नामावली सहितका अतिरञ्जित खण्डनका पस्किएका छन् । आशा गरौं वहाँहरु यस्तै गतिविधिमा निरन्तर र सक्रिय रहेर आफ्नो धर्म निभाउनु हुनेछ ।

One thought on “दक्षिण भारत क्षेत्रीय भेलाले तिलमिलाएका छन्

  • 13 July 2021 at 12:00 am
    Permalink

    छट्पटी भएको छ उनिहरुलाई

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *