दमनको पञ्चालमा एरिया समिति गठन

  •   
  •  
  •  
  •  
  •  
  •  

198 जनाले पढ्नु भयो ।

दमन, १ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने दमन नगर समितिमा बृहत भेलागरी पञ्चाल एरिया समितिको पुनर्गठन गरेको छ । भेलामा केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, क्षेत्रीय सदस्य तथा दमन नगर समिति इंचार्ज बाबुराम दहितको विशेष उपस्थिति रहेको थियो ।

भेला सुन्दर चौधरीको सञ्चालन र टेक बहादुर चौधरीको अध्यक्षतामा अगाडि बढेको थियो । भेलामा सहभागीहरुलाई रोशन चौधरीले स्वागत गर्नुभएको थियो । भेलाले १३ पूर्ण, २ वैकल्पिक र २ सल्लाहकार गरी १७ सदस्य पञ्चाल एरिया समिति पूनर्गठन गरिएको छ ।

जसमाः अध्यक्ष– टेक बहादुर चौधरी, उपाध्यक्ष– रोशन चौधरी, सचिव– सुन्दर चौधरी, सहसचिव– चन्दर चौधरी, कोषाध्यक्ष– लौटन चौधरी रहनुभएको छ । त्यस्तै पूर्ण सदस्यमा : चुनीलाल चौधरी, मुसु चौधरी, अन्जन चौधरी, खोजराम चौधरी, निलबहादुर चौधरी, सुमन चौधरी, सञ्जय चौधरी, कमल चौधरी, वैकल्पिक सदस्यहरुमा ः रामजनम चौधरी र किसन लाल डगौरा रहनुभएको छ । त्यस्तै भेलाले किसान चौधरी र आशमान चौधरीलाई सल्लाहकार चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *